भोलिदेखि हेभी गाडीहरुको वर्कशप ७ दिनसम्म बन्द
Auto Nepal, Nepal's No. 1 Auto Magazine (Since 2005....)
March 22, 2020

९ चैत, २०७६

कोरोना भाइरसको कारण सरकारले अत्यावस्यक सेवा बाहेकका अन्य सेवा बन्द गरेर आ–आफ्नो स्वास्थ्यमा ध्यान दिन गरेको आग्रहलाई मनन गर्दै (हेभी गाडीहरुको वर्कशप तथा स्पेयर पार्टसहरुको संगठन) नेपाल अटो मेकानिक्स व्यवसायी संघले आफ्ना सदस्यहरुलाई भोलिदेखि ७ दिनसम्म हेभी गाडीहरुको वर्कशप तथा स्पेयर पार्टसहरु बन्द गर्न सूचना गारी गरेको छ ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघले आज एक विज्ञप्ती प्रकाशन गर्दै सम्पूर्ण ग्यारेजहरु चैत १० गतेबाट ७ दिनसम्म बन्द गर्न भनेको छ । साथै, संघले अत्यावस्यक सेवा प्रदान गर्ने सवारीसाधनको हकमा भने आवस्यक सजगता अपनाएर सेवा दिन भनेको छ ।

एम्बुलेन्स, अस्पताल र सुरक्षा निकायका सवारीसाधन मर्मत गर्नुपरे मास्क लगाउने, पञ्जा लगाएर काम गर्ने र काम सकिएपछि सावुन पानीले राम्रोसँग हात सफा गर्ने र अल्कोहल बेस्ड सोलुसनको प्रयोग गर्न आफ्ना सम्पूर्ण सदस्यहरुमा आग्रह गरेको छ ।