‘भिजिट नेपाल २०२० मा  आयो पार्टी बस नेपाल’
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005..)
January 8, 2020

नेपालीहरु बिश्वभर घुम्छन्, बिश्वमा घुम्दा देखिएका राम्रा कुराहरु नेपालमा ल्याउन पहल गर्छन् । त्यसैको उपज हो ‘पार्टी बस नेपाल’ !! रेस (RESS) नेपालले नेपालमा भित्र्यएको यो बस अत्यन्त आकर्षक र मनमोहक छ । बाहिरबाट हेर्दानै बिल्कुलै फरक यो बस अलि ठूलो र आरमदायी देखिन्छ । सुरक्षा को दृष्टिकोणले बाहिर भित्र गरि आठ वटा सी सी क्यामरा राखिएको छ । जसको मद्दतले कार्यालयमै बसेर गाडी कहाँ छ , कस्तो अबस्थामा छ जान्न सकिन्छ । पार्टी बस भित्र डिस्को बत्तिको प्रयोग गरिएको छ, भने गाडी भित्रै DJ Box र आकर्षक म्यूजिक सिस्टम राखिएको छ । तिन वोटा पावरफूल एयर कण्डिसन, तिन वटा LCD मोनिटर, शैचालय तथा स्मोकिङ्ग जोनको ब्यबस्ता गरिएको छ भने आकर्षक बार र कफिसपको ब्यबस्था पनि गरिएको छ ।

पार्टी बसमा बसेर मदिरा सेवन गर्दै म्यूजिकमा झुम्ने हुनाले यस बस डिस्को थेक जस्तै हुनेछ । त्यसकारण यस बस भित्र सेक्युरिटी गार्ड र वाउनसरको पनि ब्यबस्था गरिएको छ । बसको सिसा तिन तहको छ । जसमा बुलेट प्रुफ, साउन्ड प्रुफ रहेको छ । टाटाको च्यासिस प्रयोग गरि भारतमा बनाइएको हो । यो कन्सेप्ट डेनमार्कमा रहेको रेस नेपालका सभापति उमेश सुबेदीले बताउनु भयो । पार्टी बसमा बुकिङ्ग गरि चढ्न पाइन्छ भने यसको अफिस बालाजुमा रहेको छ । जनवरी १० तारिखमा शुभारम्भ गरिने पार्टी बस हरियो नम्बर प्लेटमा चक्रपथ परिक्रमा गर्ने छ । यस बसमा ड्राइभर सहित आठ जनाले सेवा दिने र क्वालिटीमा केही सम्झैता नगर्ने पार्टी बस नेपालका अन्य कर्मचारीले जानकारी दिनुभयो ।