भारतमा रोयल इन्फिल्ड इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटी ६५० लन्च
Auto Nepal
November 15, 2018

रोयल इन्फिल्डको इन्टरसेप्टर ६५० र कन्टिनेन्टल जीटी ६५० हिजो भारतमा लन्च भएको छ । पाँच हजार मिनिमम बुकिङ मूल्य रहेको यी बाइकको बुकिङ भने महिना दिन अघि बाट नै सुरु भईसकेको थियो । कम्पनीले बताएअनुसार बुकिङ गरिएको एक देखि डेढ महिनाभित्र ती बाइक बुकिङकर्ताकहाँ डेलिभरी गरिनेछ ।

नयाँ च्यासिसको प्रयोग गरिएका रोयल इन्फिल्डको यी दुबै बाइकमा ६४८ सीसी, एयर कुल्ड, एसओएचसी, फ्युल इन्जेक्टेड प्यारालल ट्विन मोटर इन्जिनको प्रयोग गरिएको छ भने यिनले ७२५० आरपीएममा ४७ बीएचपीको पावर र ५२५० आरपीएममा ५२ एनएम टर्क जेनेरेट गर्दछन् । बाइकमा ६ स्पिडको गियरबक्स र स्लिप असिस्ट क्लच राखिएको छ ।

बाइकको अधिकतम गति १६३ किलोमिटर प्रतिघण्टा रहेका यी बाइक रोयल इन्फिल्डको अहिलेसम्मको सबैभन्दा तीव्र गतिका बाइक हुन् । सस्पेन्सनको रुपमा टेलेस्कापिक फक्र्स अप फ्रन्ट र रियरमा ग्यास चाज्र्ड ट्विन सक समावेश गरिएको छ । बाइकको फ्रन्टमा ३२० एमएम डिस्क र रियरमा २४० एमएम डिस्क जडान गरिएको छ ।