बिमस्टेक परिलक्षित गर्दै उपत्यकामा जोर–बिजोर प्रणाली लागु
Auto Nepal
August 28, 2018

भाद्र १२, काठमाडौं । ४औं अन्तराष्ट्रि विमस्टेक सम्मेलन यहि भाद्र १३, १४ र १५ गते काठमाडौंमा हुँदै छ । तीन दिन सम्म चल्ने उक्त सम्मेलनलाई लक्षित गर्दै सरकारले उपत्यकामा संचालन हुने सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गरेको छ ।

बिमस्टेक सम्मेलनमा सहभागि हुन आउने विदेशी विशिष्ट अतिथी तथा प्रतिनिधीहरुको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउनका लागि यस्तो प्रणाली लागु गरिएको नेपाल सरकारले जानकारी दिएको छ ।
जोर बिजोर प्रणाली अन्तरगत भाद्र १३ र १५ गते बिजोर अंक भएका नंबर प्लेटका सवारी साधनहरु मात्र संचालन हुने छन् । त्यस्तै भाद्र १४ गते एक दिन भने जोर नंबर प्लेट भएका सवारी साधनहरु संचालन हुन पाउने छन् । यो नियम उपत्यका भित्र गुड्ने सबै खाले निजी तथा भाडाका सवारीहरुमा लागु हुने ट्राफिक प्रधान कार्यालयले जानकारी गराएको छ ।

सवारीको जोर–बिजोर भने नंबर प्लेटमा रहेको अंकको अन्तिम अंकका आधारमा निर्धारण हुने छ ।