फोर्डको रोचक इतिहास र गर्विलो वर्तमान
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
October 3, 2018

 

विश्व विख्यात अटो कम्पनी फोर्डले करिब एक सय बर्षअघि आफ्नो पिकअप ट्रक टिटी मोडलको निर्माण गर्न सुरु गरेको थियो, १९१७ मा । यस पिकअप ट्रक सेगमेन्ट मार्केटमा आएपछि पुरै अटो उद्योगको अनुहार बदलेको थियो ।

भनिहालौ, विश्वकै सर्वाधिक ठूलो कम्पनीको रुपमा अहिले फोर्डले आफुलाई स्थापित गरिसकेको छ । उसको पोर्टफोलियोमा विभिन्न प्रकारको वाहन छ । कम्पनी युरोप र एशियामा ह्याब्याक, सेडान, क्रसओभर र यहाँसम्मकी परफरमेन्स कारका लागि राम्रो चिनारी बनाएको छ ।

तपाईलाई अनौठो लाग्न सक्छ कि, फोर्डले अन्य कारको तुलनामा धेरै पिकअप बिक्री गर्छ । फोर्ड एफ सिरिज ३५ बर्षको लागिसम्म अमेरिकाको सर्वाधिक विक्री हुने कारमा एक थियो र क्यानडमा त्यसले ४० बर्षसम्म सर्वाधिक विक्रीको रेकर्ड जारी राखे । यो एफ सिरिज ५१ बर्षसम्म सबैभन्दा अधिक विक्री हुने पिकिङ रह्यो । र, अब पछिल्लो सात बर्षमा सबैभन्दा बढी बिक्री हुने वाहन एफ १५० यस सख्यामा अधिक योगदान दिइरहेको छ ।

फोर्ड ट्रकलाई आइकोनिक ट्रक भन्दा अतिशयोक्ति नहोला, किनभने त्यस कम्पनीका कर्मचारी जुन हिसाबले काम गर्छन्, त्यसले क्रान्तिकारी परिवर्तन ल्यायो । अब यो कुराको कुनै महत्व रहेन कि, सुरुवातमा त्यो काम धिमा गतिमा अघि बढेको थियो । अहिले किसान होस् वा व्यापारी यस  ट्रकको प्रयोग ज्यादा गर्छन् ।

फोर्ड पिकअपको जन्म

फोर्डले मोडल टिको उत्पादन सन् १९०८ मा सुरु गरेको थियो । यस एक दशकमा जब उसले ग्राहकबाट एकदमै राम्रो फिडव्याक प्राप्त गरे, तब उसलाई महसुष भयो कि बलियो र अधिक उपयोगी बाहनको आवश्यक्ता छ । यहि मागको कारण कम्पनीले आफ्नो कारको पछिल्लो भाग खोलेर ग्राहकलाई बिक्री ग¥यो, यो निकै सफल भयो ।

सन् १९१७ जुलाई २७ मा फोर्डले मोडल टिटिका साथ ६ सय डलर मूल्य बराबरमा पहिलो पिकअप ट्रकको सुआरम्भ गरे । भनिन्छ पहिलो बर्षमा फोर्डले पिकअप ट्रकको २०९ युनिट बिक्री गरेको थियो । मोडल टिटीको सुरुवात त्यसबेला भएको थियो, जब पहिलो विश्व युद्ध चलिरहेको थियो । त्यसबेला वाहनको निर्माण एकदमै आवश्यक थियो । त्यही बेला फोर्डले यूरोप पठाएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरियो । यो त्यहीबेला थियो, जतिबेला युरोपमा ट्रकको बिक्री बढेको थियो । टिटीको स्थायित्वको कारण युद्धको मैदानमा यसको उपयोगिता चार गुना बढेको थियो ।

यसपछि सन् १९२८ मा फोर्डले १ दशमलव ३ लाख मोडल टिटिएस मोडल एएका साथ बदल्नुअघि बिक्री गरिदियो । हाल फोर्डको निर्माण्मामा कति टिटी र कति एए पिकअप निर्माण भयो भन्ने कुनै सटिक रेकर्ड छैन । १९४१ सम्म ४० लाख ट्रक थियो । यो फोर्डको ग्रेट पिकअप ट्रकको सुरुवात थियो ।

फोर्डको अन्य फ्याक्ट

पहिलो विश्वयुद्धपछि फेरी विश्व युद्ध सुरु भयो र १९४१ म भारी मूल्यको सैन्य ट्रकको रुपमा फोर्डले आफ्नो नयाँ स्वरुप पेश ग¥यो । यसपछि सन् १९४७ मा उसले नयाँ स्वरुपको वाहन निर्माण ग¥यो ।

पछिल्लो १ सय बर्षमा फोर्ड पिकअप अमेरिका र युरोपमा मानिसको दैनिक जीवनको हिस्सा बन्यो । यसको साम्राज्य केहि डाक र माल वाहन, एम्बुलेन्स र स्टेक ट्रकको रुपमा पुरा दुनियाँमा फैलियो ।

फोर्डको वर्तमान

फोर्डको पिकअप ट्रक, माल वाहन, एम्बुलेन्स, फायर ट्रक, पुलिस कार आदिको रुपमा प्रयोग गरिएको छ । फोर्डको ट्रक अहिलेको जमनामा अन्यभन्दा सुरक्षित, मजबुद एवं अधिक शक्तिशाली मानिन्छ ।