फोक्सवागन बिटलको उत्पादन पूर्णतया बन्द हुँदै ,
@ Kashiram Bajgain
September 17, 2018

कुनै समय विश्व अटो समुदायमा सर्वसाधारण वर्गमा अत्यन्तै लोकप्रिय रही धूम मच्चाएको बीटल कार अब भने उत्पादन नहुने भएको छ । पछिल्लो सत्तरी वर्षदेखि विश्वभरका सडकमा आफ्नो एक छुट्टै पहिचान स्थापित गरेको बीटलको अन्तीम संस्करणमा दुई थान अन्तीम कार उत्पादन गरि सन् २०१९ देखि बीटलको उत्पादन बन्द गर्ने घोषणा जर्मनी कम्पनी फोक्सवागनले गरेको हो । अन्तीम संस्करणमा उत्पादित ती कारको मूल्य २३,०४५ डलर भन्दा बढी रहन सक्नेछ ।
बीटल कुनै बेला जर्मन तानाशाह हिटलरले पनि सबभन्दा बढी रुचाएको कार थियो । यो कार सबैभन्दा पहिले नाजी जर्मनीमा प्रदर्शनी र बिक्री वितरण गरिएको थियो । कम्पनी अहिले ईलेक्ट्रिक र बिलाशी कारको उत्पादनमा जोड दिइरहेकोले यो कारको उत्पादन कम्पनीले बन्द गर्न लागेको हो ।
बीटलको विकाश फर्डिनाँड पार्शले हिटलरको सर्मथनमा गरेका थिए । सन् १९३७ मा उनले हिटलरको सुरक्षाका निम्ति यो कारको विकाशका लागि आम मानिसहरुको कार बनाउने फैक्ट्रीको रुपमा फोक्सवागन कम्पनीको गठन गरेका थिए । दोस्रो विश्वयुद्धपछि जर्मनी अटो उद्योगको विकाश गर्न मित्रराष्ट्रहरुले सहयोग गर्दै फोक्सवागनलाई प्राथमिकता दिएका थिए ।
सेडान बिटललाई पहिलो पटक अमेरिकी बजारमा प्रस्तुत गरिएको थियो । बिक्रीमा कमी अएपछि डायँले डेन बर्नबैकले सन् १९५९ मा नयाँ एडिसनको कार निर्माण गराई सर्वसाधरणको कार भनी बिज्ञापन गरेपछि यो कार छोटो समयमा निकै लोकप्रिय भएको थियो । सन् १९६८ मा आफै सोच्न सक्ने कारको स्टोरीमा ‘दि लब बग’ फिल्म बन्यो, जहाँ फोक्सवागनको एक कार प्रयोग गरिएको थियो जसले गर्दा यो कार लोकप्रिय हुनमा निकै मदत पुग्यो ।
सन् २०१९ पछि भने, यसका नयाँ संस्करणका अन्तीम दुई कार उत्पादन गरि यो कारको उत्पादन पूर्णतया रोकिने छ ।