फेसबुकको मालिक चढ्छन् साधारण कार
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
August 28, 2018

दुनियाँमा फेसबुकबारे जानकारी नहुने सायदै होलान् । फेसबुक एकाउन्ट नै अर्बौंसँग छ । फेसबुक चलाउनेहरुलाई त्यसका जननीबारे थाहा नहुने कुरा भएन । फेसबुकका जननी हुन्, मार्क जुकरबर्ग । विश्वकै शक्तिशाली व्यक्तिमध्येका एक हुन् उनी । साथसाथै विश्वकै धनाढ्यमा पनि उनी एक हुन् । फेसबुकको विकास गरेर संचारमा नयाँ युगको स्थापना गर्ने उनले चिनियाँ मुलकी महिलासँग बिवाह गरेका छन् । उनीहरुको दुई बच्चा समेत छ ।
मार्क यति शक्तिशाली, यति धनाढ्य भएर पनि सामान्य छन् । उनको जीवनशैली त्यती तडकभडक छैन । उनी सामान्य जीवनयापन गर्छन् । पहिरनदेखि खानपानसम्मका उनी सामान्य छन् ।
मार्कको पुरा नाम मार्क एलियट जुकरबर्ग हो ।
उनको जन्म सन् १९८४ मे महिनाको १४ तारिख भएको हो । अमेरिकी नागरिक मार्कले २८ बर्षको उमेरमा विश्वभर आफ्नो ख्याती कमाए । सन् २००८ मा उनी विश्वकै सबैभन्दा कम उमेरका अर्बपति बनेर नयाँ किर्तिमान बनाए । सन् २००४ मा उनले फेसबुक सेवा सुरु गरेका थिए । यो त भयो फेसबुकका बादशाहको कुरा ।

अब उनी कस्तो सवारी साधन प्रयोग गर्छन् त ?
अघि पनि भनियो मार्क एकदमै साधरण किसिमको मानिस हुन् । गाडीको सवालमा भने पनि उनी साधरण नै छन् । उनी तिब्र गतिका, आरमदायक सवारी साधन प्रयोग गर्न रुचाउँछन् । तपाईलाई बताइहालौं कि, मार्कसँग पगानी हुआयराको कार छ । यो कारको नेपाली मूल्य करिब १४ करोड रुपैयाँ पर्न आउँछ ।
यसअघि उनी अझ साधारण गाडी चढ्थे । मार्कले एक्युराको सेडान कार टिएसएक्स चढ्ने गरेका थिए । अहिलेपनि उनीसँग यो कार छ । एक्युराको यो शानदार स्पोर्ट सेडान कार देख्नमा निकै आकर्षक छ । यसको मूल्य तीस हजार अमेरिकी डलर हो ।
त्यस्तै उनीसँग फक्सवागनको गल्फ जिटी कार पनि छ । मार्क हुन त विश्वकै अर्वपतिमा एक हुन् । तर, सामान्य किसिमको सेडान कारमा सवार गर्छन् । जबकी यत्तिको मूल्य भन्दा पाँच गुना महंगो कार बलिउड सेलिब्रेटीले चढ्छन् ।