फिलीपींसमा टिभिएसले गर्यो थ्री–व्हीलर स्कुटरको अनावरण
Auto Nepal
August 20, 2018

काठमाडौं । दुई पाङ्ग्रे सवारी साधानमा प्रतिष्ठित ब्राण्ड टिभिएसले फिलीपींसमा थ्री–व्हीलर स्कुटर सार्वजनिक गरेको छ । हालैमात्र टिभिएसले एस–किंङ नामक उक्त स्कुटर सार्वजनिक गरेको हो । योसँगै कम्पनीले फिलीपींसको बजारमा अर्को नयाँ स्कुटर डाज पनि सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका नयाँ स्कुटरहरुमा डाज ११० सिसीको हो भने एस–किंङ २०० सिसी इन्जिन क्षमताको हो ।
टीभीएस एस–किंङ एक तीन पहिएदार यात्री क्यारियर स्कुटर हो भने, योसँगसगैं सार्वजनिक भएको डाज यूरो तीन स्तरहरू पूरा गर्न विकसित गरिएको नयाँ स्कुटर हो ।

यी दुबै मोडलका स्कुटरलाई टिभिएसले फिलीपींसका बजारमा एकैसाथ बजारीकरण गर्ने नीति लिएको छ । यद्यपि फिलीपींसका मुख्य–मुख्य तीन सहरमा उतारिएका यी दुई मोडलले बजार लिनेमा भने अन्योलननै रहेको बुझिएको छ । नयाँ स्कुटरको अनावरण गर्दै फिलीपींसका लागि टिभीएसका सीईओ के.एन.आर राधाकृष्णले भने, ‘ हामीले नयाँ स्कुटर टिभिएस एस–किंङ र टिभीएस डाजलाई फिलीपींसको बजारमा एकै पटक शुरुवात गरेका छौं । यसले फेरीपनि टिभिएस प्रयोगकर्ताहरुमा अर्को एक नयाँ आयाम थपेको छ । हामीलाई विश्वास छ की तपाईहरुको माया ममता तथा सद्भावले टिभीएसले आफ्नो बजार विस्तार गर्दै जाने छ भने अझ टिभीएसका नयाँ नयाँ उत्पादनहरू बजारमा आउँदै जनेछन् ।’

फिलीपींसमा सन् २०१६ देखि टिभीएसको बजार विस्तार भैरहेको छ । जहाँ टिभीएसका उत्पादनहरूमा सकारात्म प्रतिक्रिया प्राप्त भैरहेको छ ।