फक्सवागन अग्रपंक्तिमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
September 9, 2018

विवेक बिजुक्छे
कार्यकारी अधिकृत, पुजा इन्टरनेशनल प्रा. लि.

 

यस अघि नेपाली बजारमा फक्सवागन पोलो गाडी १६०० र १२०० सीसीमा उपलब्ध थियो । आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा व्यवस्था भए अनुसार एक हजार (१०००) सीसी भन्दा माथिका गाडीमा कर वृद्धि गरिएको भए पनि यो नयाँ मोडलको गाडि खरिदले उपभोक्तालाई उक्त कर वृद्धिले कुनै असर नपार्ने कम्पनीको दावी छ ।

नजिकिदै गरेको नेपालीहरूको महान चाड दशैं तिहारको शुभ अवसरमा कम्पनीले गाडीको मुल्यमा विशेष छुटको व्यवस्था समेत गरेको बताएको छ । जस अनुसार गाडी बुक गर्ने प्रथम सय ग्राहकले २५ लाख ५० हजारमा गाडी पाउने छन् ।

कार्यक्रममा पुजा इन्टरनेशनल प्रा.लि. का कार्यकारी अधिकृत विबेक बिजुक्छेले अन्तर्राष्ट्रिय गाडीकोे व्यापारमा पछिल्ला दुई वर्षमा फक्सवागन अग्रपंक्तिमा रहेको बताए ।
कम्पनीले सन् २०१७ मा मात्रै १,०४,१३,३१५ गाडी बिक्री गरेको तथ्यांकले पनि यस कुराको पुष्टि गर्ने विजुक्छेको दावी थियो ।

फक्सवागनको नेपालमा हाल ९ वटा सर्भिस स्टेशन रहेकोमा ३ वटा काठमाडौंमा नै रहेको कम्पनीले जनाएको छ ।
नयाँ पोलोको बजार मुल्य २६ लाख पन्चानब्बे हजार (२६,९५,०००) रहने कम्पनीले जानकारी दिएको छ ।