अफरोड युएम एडभन्चर्स टीटी बाइक
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
September 19, 2018

आईएमई अटोमोटिभ्स आधिकारिक विक्रेता रहेको अत्याधुनिक प्रविधियुक्त डिएसआर बाइक पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गईरहेको छ । विशेषतः अफरोड राइडका लागि उत्पादन गरिएको यो बाइक जुनसुकै सडकमा पनि सहजताका साथ चलाउन सकिन्छ । कठिन सहाशिक यात्राका लागि विश्वसनिय डिएसआर एडवेंचर्स टीटी एक स्पोर्टस् क्यारेक्टरयुक्त अत्याधुनिक टेक्नोलोजीद्धारा निर्माण गरिएको बाइक हो । अगाडि र पछाडि राम्रो सस्पेन्सन, उत्कृष्ट डबल डिस्क ब्रेक, इएफआई सँग १२५ सिसि प्रयुक्त लिक्वीड कुल्ड ईन्जिन रहेको युएम एडभन्चर्स टीटी युरोपिएन क्लासको गुणस्तरीय प्रविधद्धारा उत्पादित बाइक हो । अफरोड साहशिक यात्राका लागि सुरक्षित पावर, प्रभावशाली सिल्हनेट, उच्च वेससिल्ड, राम्रो र प्रभावकारी ईन्जिन रहेको युएम डिएसआर एडवेंचर्स टीटी कम्पनीले नाडा अटो शो २०१८ मा लन्च गरेको हो । युएमका अन्य बाइक जस्तै यसले पनि नेपाली अटो बजारमा राम्रो नतिजा प्रदान गर्नेमा आफू ढुक्क रहेको कम्पनीको दाबी रहेको छ ।