टाटाको प्रत्येक गाडीमा अविश्वसनीय अफरहरू
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
August 29, 2019

नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लिले १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा मोटर्सका गाडीहरू खरिद गर्ने ग्राहकहरूका लागि विशेष र अविश्वसनीय अफरहरू ल्याएको छ ।
सिप्रदीले ल्याएको योजना अनुरूप नाडा अटो शोमा राखिएका टाटाका जुनसुकै गाडी किन्ने ग्राहकहरूले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योरसट पुरस्कारहरु जित्ने तथा लक्की ड्रमा समेत सहभागी हुन पाउनेछन् ।

नाडा अटो शोमा टाटाका जुनसुकै गाडीहरु बुकिङ गर्ने प्रत्येक ग्राहकले विदेश भ्रमणमा एक जोडीका लागि दुबई भ्रमणका साथमा बुर्ज अल अरबमा डिनर तथा वाटर प्लेन फ्लाईटको मजा लिन पाउनेछन् अथवा एक वर्ष बराबरको सडक कर छुटका साथमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् । त्यस्तै स्योर सट पुरस्कार अन्तर्गत टाटाका गाडीहरू बुकिङ गर्ने प्रत्येक ग्राहकहरूले बुकिङ गरेपछि तथा डेलिभरी गर्ने बेलामा आईफोन एक्सआर फोन प्राप्त गर्न सक्नेछन् । त्यस्तै गाडीहरू बुकिङ गर्ने ग्राहकहरू मध्ये लक्की ड्र मार्फत् एकजनाले ५५ ईन्चको स्काइवर्थ स्मार्ट टेलिभिजन जित्नेछन् ।