पोखरामा इलेक्ट्रिक स्कुटर ‘न्यू’को बिक्री सुरु
Auto Nepal
September 27, 2018

नेपालको लागि आधिकारिक बिक्रेता इको इन्फिनिटीले ल्याएको चाइनिज ब्रान्डको इलेक्ट्रिक स्कटूर ‘न्यू’ को डिलर पोखरामा पनि खुलेको छ । पोखराको सभागृहमा रहेको इलेक्ट्रो हबले यसको विक्री वितरण सुरु गरेको हो । काठमाण्डूँमा एक वर्ष अघि विक्री सुरु भएतापनि पोखरामा भने ‘Niu’ New नै भित्रिएको होे ।

युवा पुस्तालाई लक्षित न्यू स्कूटर अन्य पेट्रोल स्कूटर भन्दा कुनै पनि कुरामा कम नभएको कम्पनीले दाबी गरेको छ । यसमा मोबाइल चार्ज पोर्ट पनि रहेको छ भने कम्पनीले ब्यट्री निकालेर घरमै पनि चार्ज गर्न सकिने सुविधा यसमा रहेको र यो स्कूटरको प्रयोगले पेट्रोलमा हुने वार्षिक ५०,००० बराबरको खर्च बचत गर्न सक्ने तर्क प्रस्तुत गरेको छ । ‘यो नम्बर प्लेट पाउने पहिलो नेपाली स्कूटर हो’ नेपालको इको इन्फिनिटी प्रमुख राजभण्डारी भन्छन् ‘६ घण्टासम्म फुल चार्ज गरेपछि ८० किलोमिटर चलाउन सकिने यो स्कूटर प्रतिघण्टा ५० किलोमिटरको गतिमा गुड्न सक्दछ ।’

पोखरामा उक्त स्कूटरको शुभारम्भ समारोहमा बोल्दै इलेक्ट्रो हबका प्रबन्ध निर्देशक सुयश मल्लले न्यु पोखराको वातावरण सुहाउँदो प्रदुषण विमुख स्कूटर भएकोले पोखरामा भित्र्याएको बताए । कार्यक्रममा वक्ताहरुले बोल्दै बढ्दो पोलुसन रोक्न सबैले इलेक्ट्रिक गाडीलाई प्राथमिकता दिन जोड गरेका थिए ।