पेट्रोल इन्जिनको चुनौति बन्दै मियामाको इलेक्ट्रिक स्कुटर
PRAYASH SHRESTHA
November 12, 2018

आजभोली बजारमा इलेक्ट्रिक सवारी साधनहरुको प्रयोग यत्रतत्र सर्वत्र देख्न सकिन्छ । केहि समय अघिदेखी चार पाङ्ग्रेमा मात्र इलेक्ट्रिक सवारीको उत्पादन र प्रयोग सुरु भएपनि पछिल्लो समय दुई पाङ्ग्रेमा समेत यसको आविष्कार र प्रयोग बढ्न थालेको छ । आज विश्वका प्रतिष्ठित मात्र नभईन नयाँ कम्पनिहरुसमेत इलेक्ट्रिक सवारीको वृद्धिविकास एवम् आविष्कारमा लागि परेका छन् । ती आविष्कार एवंम् उत्पादनहरु आज नेपाली बजार सम्म आइपुग्न सफल छन् । यस्तैमा आज हामी कुरा गर्छौ एक प्रतिष्ठत अन्तराष्ट्रि इलेक्ट्रिक स्कुटर मियामाका बारेमा ।
मियामा एक प्रतिष्ठित जापानिज ब्राण्डको इलेक्ट्रिक स्कुटर हो । यसको एसेम्बिङ्ग उत्पादन भने हाम्रै छिमेकी राष्ट्र चीनमा हुने गर्छ । जापानिज ब्राण्ड र चीनको उत्पादन मियामा साँच्चै इलेक्ट्रिक स्कुटरमा उत्कृष्ट ब्राण्ड हो । आज यसको उत्पादन विश्व बजारमा निकै लोकप्रिय रहन सफल छ । यस्तैमा पछिल्लो समय यो ब्राण्ड नेपाली बजारमा समेत भित्रिएको छ ।
यो ब्राण्डलाई नेपाली बजारमा भित्राएको हो मियामा मोटर्स प्रा.लिले । मियामा मोटर्स प्रा.लि मियामा इलेक्ट्रिक स्कुटरको नेपालका लागि एक मात्र आधिकारिक वितरक हो । यो कम्पनीले यसै वर्ष देखि नेपाली बजारमा यो ब्राण्डका इलेक्ट्रिक स्कुटरको कारोबार शुरु गरेको हो ।
‘नाडा अटो शो २०१८’ लक्षित गर्दै नेपाल भित्राईएको यो ब्राण्डले छोटो समयमा नै नसोचेको सफलता प्राप्त गरेको मियामा मोटर्सका म्यानेन्जिङ्ग डाईरेक्टर शैलेश कुमार श्रेष्ठले जानकारी दिएका छन् । उनले मियामा नेपाल भित्रिएको करिब ३–४ महिनामै कम्पनीले एक सय युनिट माथि इलेक्ट्रिक स्कुटरको व्यापार गर्न सफल भएको बताएका छन् । अझ उनी थप्छन्, ‘ नेपाली बजारमा इलेक्ट्रिक स्कुटरमा मियामा नै हाईयस्ट सेल्स भएको स्कुटर हो । यसैका आधारमा मियामा नै नेपालको पहिलो स्थानको इलेक्ट्रिक स्कुटर हो भन्न सकिन्छ ।’

मियामा इलेक्ट्रिक स्कुटर एक पटक फुल चार्जमा एक सय किलोमिटर सम्म गुडाउन सकिन्छ । कम्पनीले स्कुटरमा १२/१२ भोल्टको ६ वटा व्याट्री उपलब्ध गराएको छ । यसमा सबै गरि कुल ७२ भोल्टेजको पावर उत्पादन हुन्छ । कम्पनीले स्कुटरमा व्याट्री कन्ट्रोल मोटरको समेत व्यवस्था गरेको छ । यसलाई जहाँ पनि सहजै चार्ज गर्न सकिन्छ भने विद्युत खपत पनि एकदमै कम गर्दछ । फूल चार्जमा करिब ११० देखि २२० भोल्टको मात्र विद्युत खपत हुने कम्पनीले बताएको छ ।
व्याट्री, आउट बडी तथा एसोसरिज बाहेक स्कुटरमा अन्य मोबिल, ग्रिज तथा मेन्टेन्स् लगाएतका अन्य कुनै कुराको टेन्सन नहुने समेत कम्पनीले बताएको छ । स्कुटरमा मोबिल ग्रिज फेर्नु पर्ला, मेन्टेन्स्को समस्या आउला भन्ने जस्ता कुनै पनि समस्या मियामा नरहेको डाईरेक्टर श्रेष्ठ बताउछन् । सबै पावर, पिकअप तथा पर्फमेन्समा उत्कृष्ट रहेतापनि प्रयोगकर्ताले स्पिडमा भने, केहि कम्परमाईज गर्नु पर्ने श्रेष्ठ बताउछन् । उनी भन्छन्,‘इलेक्ट्रिक स्कुटर हुनाले प्रयोगकर्ताले स्कुटरको स्पिडमा भने केहि हदसम्म कम्परमाईज गर्नु पर्ने हुन्छ । त्यसोत यो स्कुटर कुद्दै नकुद्ने भन्ने चाहि होईन । यसले करिब ६० किमी सम्मको स्पिड भने मजाले दिनसक्छ । त्यो भन्दा माथि चाहि यसै भन्न सकिन्न । तर यो स्पिड कमी चाहि होईन । हाम्रो सुरक्षा र साधनको सुरक्षा दुबै हिसाबले यो स्पिड अधिकतम हो । यो भन्दा माथि जानु भनेको सुरक्षाको हिसाबले राम्रो पनि होईन । र हाम्रो देशको यातायात व्यवस्था निर्देशिका तथा नीयावलीमा समेत दुई पाङग्रे सवारीको स्पिड लिमिटेसन ४०–५० किमी प्रतिघण्टा मात्रै तोकिएको छ नी ।’

आकर्षक लुक्स, उत्कृष्ट पर्फमेन्स र उच्च पावर पिकअपका कारण मियामाको बजार लोकप्रियता झन्झन् बढ्दै गएको छ । पेट्रोल इन्जिनको तुलनामा इलेक्ट्रिक स्कुटर फ्यूँल खर्च र पर्यावरणिय स्वच्छताका हिसाबले दुबै अवस्थामा उपयुक्त भएकाले यस तर्फ आम उपभोक्ताहरुको आकर्षण बढेको कम्पनीको भनाई छ । त्यसमा पनि अझ मियामाको आफ्नै उत्कृष्टताले ग्राहकहरुको मन जित्न सहज भएको कम्पनीको दाबी छ ।
इलेक्ट्रिक स्कुटरमा सरकारको तर्फबाट ट्क्समा ५० प्रतिशत छुट समेत पाइन्छ । यसमा कम्पनीले समेत इन्सुरेन्स नविकरण बाहेक अन्य कुनै पनि सुल्क लिने नगरेको श्रेष्ठले बताए । १५ सय र २ हजार वाटका दुई सेग्मेन्टमा उपलब्ध मियामा स्कुटरमा १५ सयमा १८ हजार सरकारी राजस्व लाग्नेमा १४ हजार मात्रै र २ हजार वाटमा २४ हजार लाग्नेमा १८ हजार रुपैयाँ मात्रै लाग्छ । यी सबै हिसाबले पेट्रोल इन्जिनका स्कुटर सामु इलेक्ट्रिक मियामा स्कुटर एक प्रखर चुनौतिको रुपमा खडा हुने देखिन्छ ।

हाल नेपाली बजारमा मियामाका दुई सेग्मेन्टमा विभिन्न मोडल गरि ६ भेराईटिजका इलेक्ट्रिक स्कुटरहरु उपलब्ध छन् । जसमा वाईवाईजेठ–८डी, एसडी–१, एलवाई–१, सीजेवाई–१, टीएन–६ र जेवाई–१ रहेका छन् । यी स्कुटरहरुको बजार मुल्य १,३९,०००(एक लाख उनन्चालिस हजार) देखी १,९६,०००(एक लाख छयानव्बे हजार) सम्म रहेका छन् । कम्पनीले नेपालीहरुको विशेष चाँड बडा दशैं तिहार तथा छठको शुभवसरमा विशेष छुटको रुपमा कुनै पनि मोडलका मियामा स्कुटरको खरिदमा नगद १०,०००(दश हजार) सम्म छुट दिइरहेको छ ।
मियामा ब्राण्डका स्कुटरहरु मियामा मोटर्सको मुख्य शोरुम पुतलिसडक कमलादीबाट विक्रिवितरण भइरहेको छ ।