पेट्रोनसको दुबई भ्रमण अफर
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 22, 2019

नेपालमा बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनस लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको छ ।

पेट्रोनस लुब्रिकेन्ट फर्मुला वान, डकार ¥याली र मोटोजिपी जस्ता मोटर स्पोर्ट्स गेममा समेत प्रयोग गरिन्छ । मर्सिडिज पेट्रोनस एएमजीले २०१४ देखि २०१८ सम्म लगातार फर्मुला वान रेस जितेर रेकर्ड कायम गरेको छ र यसरी ५ पटक लगातार रेस जित्ने पहिलो लुब्रिकेन्ट ब्रान्ड बनेको छ ।

नेपाली बजारमा उपलब्ध गराएको अवसरमा विन्टर धमाका नामक अफर समेत ल्याइएको छ । यस अन्तर्गत अक्टोबर देखि डिसेम्बर सम्म ३ महिनाको अवधिमा ६ किलोलिटर वा सो भन्दा बढी आयल बिक्री गर्ने डिलरलाई ३ रात र ४ दिनको दुबई भ्रमणको अफर समेत सार्वजनिक गरिएको छ ।

सो अवसरमा दुवै कम्पनीका नेपालस्थित च्यानल पार्टनरहरुको सहभागिता थियो । पेट्रोनस र सोनालिका आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमै परिचित कम्पनी हुन् । सन् १९७४ मा स्थापित मलेसियन कम्पनी पेट्रोनसका अटोमोटिभ तथा इन्डष्ट्रियल लुब्रिकेन्ट विश्वका ९० भन्दा बढी देशमा बिक्री हुन्छन् । विश्वका प्रमुख १० लुब्रिकेन्ट कम्पनीमा पेट्रोनस पनि पर्छ ।

पेट्रोनस लुब्रिकेन्ट सन् २०१२ देखि नेपाली बजारमा पनि उपलब्ध छ ।