पाँच दिनमा ५ लाख बढीले उपत्यका छाडे
Auto Nepal, Nepal's No. 1 Auto Magazine (Since 2005....)
March 22, 2020

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्‍न उपत्यका छाड्नेको संख्या दैनिक बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारयता ५ लाख २६ हजार ७ सय ६४ जनाले उपत्यका छाडिसकेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार आइतबार बिहान ६ बजेदेखि १० बजेसम्म ५६ हजार ६ सय ४७ जनाले उपत्यका छाडेका छन् ।
यही दिन ९ हजार ४ सय २७ जना उपत्यका भित्रिएका छन् ।
त्यस्तै आइतबार बाहिरिने यात्रु बसको संख्या ८ हजार ९ रहेको छ भने भित्रिनेको संख्या ३ हजार ७ सय ५३ रहेको छ। सबैभन्दा बढी शनिबार १ लाख ८६ हजार ५ सय ४९ जनाले उपत्यका छाडेका छन् । सोमबारबाट लामोदुरीका सवारी सञ्चालनमा रोक लागउने सरकारको निर्णयले गर्दा बसपार्क र टिकट काउन्टरमा यात्रुको भिड बढेको हो ।
विद्यालय, कलेज बन्द भएपछि घर फर्कने बढी छन् ।

Source: eKantipur.com