पल्सर १२५ सीसीको बाइक लन्च
March 19, 2020

बजाज बाइकको पोखराको आधिकारिक वितरक इच्छाशक्ति अटोमोबाइल्सले पल्सर सिरिज अन्तर्गत १२५ सीसीको बाइक लन्च गरेको छ । प्रमुख अतिथी जिल्ला ट्राफिक प्रहरी जितजंग कार्की, प्रबन्ध निर्देशक आघोषमान बुद्धाचार्यले संयुक्त रुपमा उदघाटन गरिएको जनरल म्यानेजर भगवान बिजुक्छेले बताउनुभयो ।

बजाज पल्सर १२५ मा १२५ सीसी, सिंगल सिलिन्डर, एयरकुल्ड, डीटीएस–आई इन्जिन जडान गरिएको छ । जसले ८५०० आरपीएममा ११.८ बीएचपीको पावर र ६५०० आरपीएममा ११ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड गियरबक्स रहेको छ ।

सो बाइकमा पल्सर रेन्जको सिग्नेचर पाइलट ल्याम्प, हेलोजन हेडल्याम्प, मस्क्युलर फ्युल ट्यांकी, ब्याकलिट स्विच र पछाडि एलईडी टेलल्याम्प रहेको छ । यसमा डीसी हेडल्याम्प रहेको छ भने सुरक्षाको लागि एन्टी स्किड ब्रेकिङ सिष्टम छ, जसले गर्दा पछाडिको ब्रेक लगाउदा पनि बाइक लड्ने सम्भावना हुँदैन ।
बाइकमा ट्युबलेस टायर प्रयोग गरिएको छ भने ह्विलबेस १ हजार ३२० एमएम छ । ११.५ लिटरको फ्युल ट्यांकी रहेको सो बाइकले ६२ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।

नेपालमा बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पल्सर सिरिज अन्तर्गत १२५ सीसीको बाइक नेपालभर लन्च गरेको छ । यो भन्दा पहिले नेपाली बजारमा १५०, १६०, १८०, २०० र २२० सीसीका बाइक उपलब्ध थिए ।