न्यूँ मारुति एर्टिगा यहि नोभेम्बर २१ मा सार्वजनिक हुँदै
Auto Nepal
November 4, 2018

नोभेम्बर ४, काठमाडौं । न्यूँ मारुति एर्टिगाका प्रतिक्षार्थीहरुका लागि खुशीको खबर छ । यहि नोभेम्बर २१ मा भारतीय बजारमा न्यू मारुती एर्टिगा सार्वजनिक हुँदै छ । एर्टिगाको आगमन भएसँगै अब तपाईहरुको प्रतिक्षाको घडी पुरा हुने भएको हो । भारतीय बजारमा एर्टिगाको विक्रिवितरण कार्य शुरु भएलगत्तै नेपाली बजारमा समेत यो कार छिट्टै आउने बताईको छ ।

निकट समयमै सार्वजनि हुँदै गरेको मारुति एर्टिगा सेकेण्ड जेनेरेशनको एमपीभीको लुक्स,पर्फमेन्स तथा मोडल भन्दा पनि अझ बढ्ता प्रिमियम देखिन्छ । सबै जसो कम्पोनेन्टहरुलाई समायोजन गरि निर्माण गरिएको मारुति एर्टिगा मूल्यको हिसाबले समेत स्विकार योग्य रहेको कम्पनिले बताएको छ ।
एमपीभीको परिष्कृत मोडल एर्टिगाको उत्कृष्ट पक्ष भनेको १.५ लीटर पेट्रोल इञ्जिनमा उपलब्ध हुनु हो । जुन भारतीय बजारमा सुजुकीको एसएचभीएस टेकसँग आएको पहिलो सिज अनुहार हो ।
योसँगै एर्टिगा १.३ लीटर डीजल इन्जिनमा समेत उपलब्ध गराइएको छ ।

यद्यपी एर्टिगाको सिल्हाउन्ट लुक्स भने उस्तैनै छ । अन्यमा भने, नयाँ एर्टिगामा ठूलो क्लासिकर जस्तो भिन्नता देख्छ सकिन्छ । उच्च क्लासिएरसँगै ठूलो क्रोम ग्रिल, स्लिकर हेडलिम्प्स र स्टाइलिश एलो ह्वील । त्यस्तै कारको बडी रेखाहरू पनि एकदमै मजबुद र मनमोहक लाग्ने रहेको छ । त्यसोत बोनेटको तीव्र रचनाहरूले गर्दा पनि यसलाई अझ बढ्ता स्टाइलिश देखाउन मद्दत गरेको हुन सक्छ ।


कारको पछाडि रहेको नयाँ भोल्वोकै जस्तो टेल ल्याम्प र एक छली टाँस्लेटले यसलाई अझ आधुनिक झल्काएको छ । कारको इन्टेरिअर पक्ष पनि भन्नुकै रहेको छ । लग्जरियस सिट सहितको प्रयाप्त स्पेस रहेको छ भने, १५३ लीटरको बूट स्पेस उपलब्ध गराइएको छ ।

एर्टिगा सार्वजनिक भएसँगै यसको बजारमा होण्डा बीआरवीसँग प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । बजारमा प्रिमियम क्लासका मोडलहरुको भिडमा एर्टिगाले मूल्यका हिसाबले बाजि मार्ने निश्चित जस्तै छ । कम्पनीले शुरुवाती चरणमै बजार कब्जा गर्ने रणनीतिका साथ कारको अधिकतम मूल्य ७ लाख देखि ११ लाख भारतीय रुपियाँ सम्म मात्र कायम गरेर बजारमा उत्रने संकेत गरेको छ ।