नेपाल-भारतमैत्री बस सेवा अनिश्चितकालका लागि बन्द
Auto Nepal, Nepal's No. 1 Auto Magazine (Since 2005....)
March 15, 2020

भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि महेन्द्रनगरबाट भारतका विभिन्न शहरमा संचालन हुंदै आएका मैत्री बससेवा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखिबाट अनिश्चितकालका लागि नेपाल–भारत मैत्री बस सेवा बन्द गरेको हो ।
यसअघि स्थानीय जनप्रतिधि, आमनागरिकले उक्त बससेवाबाट कोरोनाको संक्रमण भित्रिन सक्ने भन्दै तत्काल रोक लगाउन माग गरेका थिए । महेन्द्रनगरबाट भारतका लागि दैनिक सात वटा मैत्री बसहरु सञ्चालनमा हुंदै आएका थिए ।
उता, भारतले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज बाहेकका सबै नाका बन्द गरेको छ ।