नेपाली रेसरहरु सानदार प्रर्दशन गरी स्वदेश फिर्ता
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
November 14, 2018

ताइवानमा भएको फिफा अटो जिमखाना कार रेसिङ प्रतियोगीतामा नेपाली रेसर अमर रंजित सेमिफाईनलको त्यउ कष्ह मा पुगेका छन् । अनिल बराल र अमर रंजितले भाग लिएको उक्त प्रतियोगीतामा अनिल बरालले पनि उत्कृष्ठ प्रर्दशन गरेका थिए । यो उपलब्धी सगै नेपालको कार रेसिङ प्रतियोगितामा पनि राम्रो संभावना देखिएको छ । नेपाल मोटर स्र्पोट्स क्लबका अध्यक्ष दिपक आचार्य तथा टिम म्यानेजर चंकि क्षेत्री दुई रेसरलाई लिएर ताइवान गएका थिए ।

उनिहरु अमर रंजीत र अनिल बरालको प्रर्दशनबाट निकै उत्साही भएका छन् । अध्यक्ष भन्छन् अमर र अनिलको प्रर्दशनले कार रेसमा नेपालले पनि एउटा राम्रो फट्को पार गरेको छ । नेपाली खेलाडीको प्रर्दशन हेरेर धेरै राष्ट्रले प्रेरणाको रुपमा लिएको पनि प्रतिकृया दिएका छन् यसले मलाई गर्व महसुस भएको छ । जब अमर र अनिलले सफलता प्राप्त गरेर नेपाली झण्डा बिदेशी भूमिमा फहराए अनि म हाम्रो टोलि र प्रतियोगी प्रति नतमस्तक रहे ।
खुसिले गद्गद हुदै अनिल बराल भन्छन् मैले देशको लागी खेल्न पाए । इज्जतिलो प्रदर्शन पनि भयो । भोलिका दिनमा नेपालले धेरै पदक पाउने निश्चित छ ।