नेपाली बजारमा फोर्ड एन्डेभर २०२०
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005..)
February 28, 2020

फोर्डको नेपालका लागि आधिकारिक विक्रेताजीओ अटो मावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । बीएस ६ प्रदुषण नियन्त्रणमा आधारित २०२० एन्डेभर फोर बाई फोर टाइटेनियम प्लस भेरियन्ट नेपाली बजारमा उतारेको हो । विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ । यसले १७० पीएस पावर र ४२० एनएम टर्क पैदा गर्छ र यो अफरोड तथा उपरखापड सडकमा पनि सजिलैसँग चलाउन सकिन्छ ।
उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशन युक्त यो कार सेलेक्ट सिफ्ट® टेक्नोलोजी युक्त सेग्मेन्टको पहिलो गाडीहो साथै चाहेको दायरामा रहेरगियर लक गने सुविधा पनि यसमा रहेको छ ।

पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनिप्रयोग गरिएको छ, साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् ।

१४ प्रतिशत सम्म इन्धन खपतमा सुधार गरिएका, शक्ति शाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ । एसयूवी चालकले अपेक्षा गरे भन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ ।

२०२० फोर्ड एन्डेभर माउन्नत २.० ईकोब्लू डीजेल इन्जिनप्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिनका कारण इंधन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्नपुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ । यो कारको प्रारम्भिक मूल्य रु १ करोड ४९ लाख रुपैयाँ रहेको छ ।