नेपालमा पाइने सबैभन्दा महंगो गाडी
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
October 31, 2019

यसलाई टोयोटा ल्यान्डक्रुजर भिएसआर २०० स्टेसन वागेन पनि भनिन्छ ।

यो नेपालमा निरन्तर बिक्री हुने गाडी मध्येको सबैभन्दा महंगो गाडी हो । यसको बजार मुल्य ४ करोड ५२ लाख रहको छ । यसको ग्राउण्ड क्लियरेन्स २३० एमएम छ । यसको ग्राउन्ड क्लियरेन्सलाई एडजस्ट गर्न पनि मिल्छ । चिल्लो सडकमा ग्राउण्ड क्लियरेन्स घटाएर चलाउँदा सजिलो हुन्छ । यो ४.५ लिटर डिजेल इन्जिन अर्थात ४५०० सिसीको गाडी हो ।
नेपालमा अहिलेसम्म यो गाडी ६० युनिटभन्दा बढी बिकिसकेको छ । यसका उपभोक्ता विशेष गरी एम्बेस्डर र व्यापारीहरु छन् । यो फुल अप्सनको गाडी हो । यसमा अन्य गाडीमा जस्तो धेरै फिचर हुदैन तर गाडी एकदमै बलियो हुन्छ । यो गाडीका सबै सिटहरु लेदरका हुन्छन् । यसको सिटमा हिटर र कुलर पनि छ । यसमा ८ वटा एयर व्यागहरु हुन्छन् । त्यसैगरी सबैतिर हेर्नका लागी ४ वटा क्यामरा हुन्छन् । जापानमा नै उत्पादन हुने यो गाडीलाई नेपालमा युनाइटेड ट्रेर्डस सिन्डीकेटले बिक्री बितरण गरेको छ । यो गाडीको नेपालमा खासै स्टक हँुदैन । अहिले बिक्रेतासँग एउटा गाडी मात्रै स्टक छ । त्यस्तै अहिले जापानबाट ५ वटा गाडी आईरहेका छन् जसमध्ये ३ वटा गाडीहरु बुकिङ भैसकेका छन् ।
अहिले यो गाडी वर्षमा लगभग १५ वटा जति बिक्छ । यो गाडी ४५०० सिसीको भएकोले यसको कर ३०० प्रतिशत भन्दा पनि बढी पर्छ ।
बितरकले दिएको जानकारी अनुसार यो गाडीको पार्ट्स अरु जापानिज गाडीको भन्दा सस्तो र सर्वसुलभ छ ।
टोयोटाको यो गाडीमा वायरलेस मोवाइल चार्जर समेत छ । प्राय, यो गाडी अर्डर अनुसारको मात्र आउँछ ।

  • Saroj Pyakurel@AN