नेपालमा नयाँ ब्राण्ड क्लिभल्यान्डका मोटरसाईकलहरु
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
March 25, 2019

नेपालमा आजु मोर्टस प्रालिले क्लिभल्यान्ड साईकलर्विक्स नयाँ ब्राण्डका मोटरसाइकलहरुको वितरण शुरु गरेको छ ।

अमेरिकाको उत्पादन तथा चाइनाको एसेम्ब्लिङ रहेको यो कम्पनीका उत्पादनहरु अहिले विश्वका २४ वटा देशहरुमा विक्री वितरण भैरहेका छन् भने नेपालमा आजु मोर्टस्ले भर्खरै विक्री वितरण शुरु गरेको छ ।

आजु मोर्टस् नेपालको लागीे वितरक हो । आजु मोर्टस्को स्थापना २०७३ भएको हो । यो कम्पनीले स्थापना कालदेखी स्पेनमा बनेको सिरो हेल्मेटको वितरण गर्दै आएको छ ।

क्लिभल्यान्ड साईकल र्विक्सले हाल CCW Misfit 250,  Ace Scrambler 250, Ace Deluxe 250 , FXR 125 गरी चारवटा मोडलमा बाइकहरु उपलब्ध गराएको छ ।

Email: info@eautonepal.com