नेपालमा एसेम्बल हुँदै इलेक्ट्रिक डर्ट बाइक
Auto Nepal, Nepal's No. 1 Auto Magazine (Since 2005....)
February 11, 2020

भीमोटो इलेक्ट्रिक बाइकको आधिकारिक वितरक, अष्ट अटोमोबाइल्सले ‘गोक्यो रि’ बाइक नेपाली बजारमा सार्वजनिक गराउने तयारीमा छ । उक्त बाइकमा प्रयोग गरीने मोटर कन्ट्रोलर जर्मनीबाट र फ्रेम चाहीं चीनबाट ल्याउने छ । यस बाइकमा ५ किलोवाटको मोटर प्रयोग गर्ने छ भने सिंगल र डबल गरी दुईवटा ब्याट्री राख्न मिल्नेछ । ‘गोक्यो रि’ फूल चार्ज गर्न करिब ४ घण्टा लाग्दछ, भने एक पटक फूल चार्ज गर्दा १०० किलोमिटरको रेन्ज दिनेछ । यसमा किलेस स्टार्ट, बेटर ग्रिप, बेटर क्लाइम्बिङ क्षमता, र राम्रो सक एब्जब्र्सन इफेक्ट आदि विभिन्न फिचरहरु हुनेछ । उक्त बाइकको एसेम्बल फ्याक्ट्री किर्तिपुरमा स्थापना भइरहेको छ ।
बाइकको मूल्य भने सार्वजनीक भएको छैन । उक्त बाइकलाई अष्ट अटोमोबाइल्सले बजारमा ल्याउन करीब ३ महिना जति समय लाग्नेछ ।