नेपालको सबैभन्दा ठूलो निर्माण उपकरणसम्बन्धी प्रदर्शनी – कनम्याक-२०१८
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005...)
November 22, 2018

मंसिर ६ गते – आज देखि भक्तपुरमा भारतीय निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी हुँदैछ । भक्तपुरस्थित सल्लाघारीको खुल्ला मैदानमा मंसिर ८ गते सम्म ३ दिने निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी (कनम्याक-२०१८) आयोजना  भएको छ ।

आज यो कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले गर्दैछन् । सो कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसहित भारत तथा नेपालका निर्माण व्यवसायीहरुको उपस्थिति रहने छ ।

उक्त प्रदर्शनीमा भारतका १ सय ५० भन्दा बढी कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरुको प्रदर्शनी गर्नेछन् । सो प्रदर्शनीमा जेसीबी, एल एन्ड टी, हुन्डाई, क्याटरपिलर, टाटा हिटाची जस्ता ठूला कम्पनीहरुको पनि सहभागिता रहने छ ।

यो प्रदर्शनी सम्भवत नेपालको सबैभन्दा ठूलो निर्माण उपकरणसम्बन्धी प्रदर्शनी हुने बताइएको छ । यस प्रर्दशनीले नेपाल र भारतबीचको औद्योगिक र व्यापारिक सहकार्यलाई थप प्रगाढ गर्दै दुई देशका उद्योगहरुलाई जोडने अपेक्षा गरिएको छ । यो प्रदर्शनीको ४ हजार भन्दा बढी व्यापारीहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।