नेदरल्याण्डदेखि नेपालसम्म
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
March 26, 2019

उनीहरुको भेट एउटा क्लबमा भएको थियो । १३ वर्ष अगाडी उनीहरु साथीसँग क्लबमा गएका बेला एक–आपसमा भेट नै उनीहरुको लागि अविस्मरणीय रह्यो । त्यसैबेला ज्यानले फोन नं मागेका थिए र ह्वाट्सएप मार्फत् संपर्क गरेर चियाको लागि निमन्त्रणा गरेका थिए । उनीहरुको विवाह हुनु भन्दा पहिला पनि उनीहरु दुबै अरुसँगै बैवाहीक जीवनमा थिए । पछि डिभोर्स गरे र यिनीहरु एक भए ।

नेदरल्याण्ड निवासी यी दम्पति आफ्नो छुट्टै बाइकमा हाल नेपालमा छन् । ज्यान ५१ वर्षका भए भने विलियम ५३ वर्षकी भइन् । ज्यान र विलियमको विवाह पश्चात् उनीहरुले दुईवटा बाइक किने र विश्व भ्रमणमा निस्के । उनीहरु सन् २०१७ मा पहिलो पटक आफ्ना बाइक हल्याण्ड हुदै नेपाल प्रवेश गरेका थिए । त्यो भन्दा पहिला पनि उनीहरु प्लेनबाट नेपाल आएका थिए । नेपाल आए पश्चात् विभिन्न ठाउँमा घुमेर बाइक यहि छोडेर प्लेनबाट उनीहरु नेदरल्याण्ड फर्किए र ८ महिनामा नेपाल आए र यहाँ आएर यहाँ रहेको बाइक सर्भिसिङ्ग गरे र श्रीलंका, भुटान, बगङ्गलादेश, पाकिस्तान, भारतका लागि निस्किए । यस अन्तरर्वाताको क्रममा उनले नेपालको खुलेर प्रशंसा गरे । तपाई सबभन्दा नरमाईलो कहाँ लाग्यो भन्ने प्रश्नमा, भारतमा भएको केहि दुखद् घटना सुनाए । भारतीयताको कु्ररताले उनीहरुको मन नराम्रोसँग दुखेको रहेछ । ………@Auto Nepal, Magazine

Email: info@eautonepal.com