नाडा अटो शो विशेष बेनेलीको १३ लाख मूल्यको ‘लियोन्सिनो–५००’
Auto Nepal
September 9, 2018

भाद्र २४, काठमाडौं । आसन्न ‘नाडा अटो शो २०१८’ यहि आउदो मंगलबारदेखि राजधानिमा संचालन हुँदै छ । यस पटकको शो १३ औं संस्करणको शो हो । नाडा अटो शोलाई लक्षित गर्दै विभिन्न अटो कम्पनीहरुले आ–आफ्नै तरिकाले नयाँ प्रस्तुति प्रस्तुत गर्ने तयारी गरिरहेका छन् । यतिखेर नाडाको मुखैमा सबैले शो विशेष हुने गरि आफ्ना नयाँ भन्दा नयाँ प्रोडक्टहरु पस्तुत गर्ने गृहकार्यमा जुटेका छन् ।
यस्तैमा दुई पाङ्ग्रे सवारी अन्तरगत बेनेली बाईकको यस्तो छ अटो विशेष प्रस्तुति ।

इटालियन टु–ह्वीलर्स निर्माता कम्पनी बेनेलीको नेपालका लागि आधिकारी वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्राइभेट लिमिटेडले यस पालिको नाडा अटो शो २०१८ मा आफ्नो नयाँ र अनुपम प्रस्तुति प्रस्तुत गर्दै अटो शो विशेष बनाउने लक्ष्य राखेको छ । बेनेलीले अटो शोमा लियोन्सिनो–५०० लाई प्रदर्शन गर्ने भएको छ । यो नयाँ र विशेष भएकोले शोमा सबैको ध्यान तान्ने कम्पनीले विश्वास लिएको छ । यसको प्रारम्भिक बजार मूल्य १३ लाख पर्ने बेनेलीले जनाएको छ ।

लियोन्सिनो इस्क्राम्बल शैलीको छिटो, छरितो र सानदार मोटरसाइकल रहेको कम्पनीले बताएको छ । यसमा १७ इञ्चको मिश्र धातुले बनेको पाङ्ग्रा रहेको छ । जसले गर्दा अगाडि र पछाडिको पाङ्ग्रा जस्तोसुकै अवस्थामा पनि सन्तुलन र क्षमताको ग्यारेन्टी दिने बताइएको छ ।

मोटरसाइकलको अगाडि भागमा रहेको सस्पेन्सनमा छ, अप्साइड डाउन ४५ एमएम फोर्क जुन ३२० एमएम डिस्कलाई पकडमा राखेको फोर पिस्टनब्रेक क्यालिपर्ससँग जोडिएको छ । ब्रेकिङचाहिँ सिङ्गल पिस्टन क्यलिभररहित २६० एमएमको डिस्कले नियन्त्रण गर्ने कम्पनीले जनाएको छ ।

लियोन्सिनोमा ५०० सीसीमा लिक्विडकुल, फोरस्ट्रोक इन्जिन रहेको छ । यसले ८५०० आरपीएममा ४८ पीएचपी पावरकासाथै ४५०० आरपीएममा ४६ एनएम टर्क उत्पादन गर्छ । वेट सम्पलूब्रिकेसन, इलेक्ट्रोनिक इन्जेक्सन, ओभरहेड डबल क्याम्स्याफ्ट टाइमिङ सिस्टम, हरेक सिलिन्डरमा फोर–भल्भ, हाइड्रोलिक क्लच र ६ स्पीडको गियरबक्स दिइएको छ । एबीएससहित आधुनिक उपकरणको प्रयोग, हेडल्याम्पमा प्रोजेक्टर र एलएडी प्रविधिले यसलाई सर्वोत्कृष्ट उत्पादन बनाएको छ ।

हाल नेपाली बजारमा लियोन्सिनो रातो, सिल्भर र कालो रङ्गमा उपलब्ध रहेको कम्पनीले बताएको छ । बेनेलीका अन्य थुप्रै सेग्मेन्ट तथा मोडलका बाईकहरु रहेतापनि यस पालिको नाडा अटो शोमा लियोन्सिनोलाई नैविशेष पस्तुति बनाईने बेनेलीले बताएको छ ।