नाडामा टिभीएस एनटर्क स्कुटर सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
September 12, 2018

 

टिभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभीएस एनर्टक स्कुटर नाडा अटो शोमा सार्वजनिक भएको छ । स्कुटरमै पहिलो पटक मोबाइल कनेक्ट गर्ने अप्सन दिइएको यो १ सय २५ सीसी इन्जिन भएको स्कुटर हो । यसले ९=३ बीएचपी पावर दिन्छ । १०=५ एनएमको टर्क उत्पादन गर्ने यस स्कूटरमा ३ भल्व टेक्नोलोजीको प्रयोग गरिएको छ । आफ्नो मोबाइलमा एक एप डाउनलोड गरेर ब्लूटुथबाट स्कुटरमा मोबाइललाई कनेक्ट गर्न सकिन्छ ।

एनटर्कमा १२ इञ्चको एलोई ह्वील दिइएको छ भने, सेफ्टीको लागि फ्रन्ट डिस्कब्रेक दिइएको छ । यसमा एलईडी डे–टाइम रनिङ लाइट भए तापनि हेडलाइट एलईडीमा छैन । अन्डर सीट स्टोरेज क्षमता समेत राम्रो रहेको छ । यसको स्टाइल र स्पोर्टी लुक्सको कारण युवाहरूको रोजाईमा यसले प्रवेश पाएको छ ।

यो स्कूटर आफ्नो सेग्मेन्टमा एउटै मात्रै छ, जसमा ब्लू–टुथ इन्बेल्ड इन्ट्रुमेन्ट कल्स्टर दिइएको छ । यसको प्रयोग स्मार्टफोनको सहयोगले नेभिगेशनमा गर्न सकिन्छ । स्कूटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । तीन ट्रीप मिटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फिचर्सहरू नर्मल मोडमा पाइन्छ । यस स्कूटरमा रहेको लो–फ्यूलवार्निङले रिजर्भमा आएपछि कति दूरी पार गरेको छ भन्ने कुरा देखाउँछ ।

हेल्मेट लगाउन भुल्नेहरूलाई यसले स्टार्ट गर्नासाथ हेल्मेटको आईकन डिस्प्लेमा देखिन्छ । त्यसैगरी, एन्कर–एपले पनि कामको धेरै सूचनाहरू दिने गर्छ । राइड रिपोर्ट जेनरेट भएपश्चात् दूरी – डिस्टेन्स – टाइम, ट्राफिकको टाइम र पछिल्लोपटक स्कूटर पार्क गरेको स्थानजस्ता कुराहरूको जानकारी यसको एपले दिने गर्छ ।

एक सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्यूल ट्याङ्क छ । यो स्कुटर विभिन्न चार रङ्गमा उपलब्ध छन् । नेपालमा कम्पनीले यसको मूल्य दुई लाख २४ हजार नौ सय रुपैयाँ तोकेको छ ।