नयाँ टाटा टिगोर नेपालमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005...)
December 2, 2018

नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नयाँ टिगोर एक कार्यक्रमका बीच सो गाडी सार्वजनिक गरिएको छ ।

पेट्रोल इन्जिनयुक्त सेडानको मूल्य २७ लाख ५५ हजार रुपैयाँबाट प्रारम्भ हुन्छ । विभिन्न ४ मोडलमा सो गाडी उपलब्ध छ ।

सो अवसरमा टाटा मोटर्सका इन्टरनेसनल प्यासेन्जर युनिट प्रमुख सुजन रोयले कला, कार्यक्षमता, आरामदायी र प्रविधिको सर्वोत्कृष्ट सम्मिश्रणको रुपमा नयाँ टाटा टिगोर उपलब्ध गराएको बताए ।

उत्कृष्ट कार्यक्षमता
कारमा १.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन प्रयोग गरिएको छ । यसको कम्पन कम गर्नका लागि ट्रान्समिसनमा सुधार गरिएको छ । सहज र आरामदायी ड्राइभिङका लागि टाटा मोटर्सले उपलब्ध गराएको मल्टी ड्राइभ मोड यसमा पनि उपलब्ध छ, जसका कारण आवश्यकता अनुसारको मोड प्रयोग गर्न सकिन्छ ।

सर्वोत्कृष्ट बनावट
नयाँ टिगोरमा भएको ब्रेक फ्रि रुफलाइन र ड्युअल चेम्बर प्रोजेक्टर हेडल्याम्पले यसको बनावट एकदमै आकर्षक बनाएको छ । ओआरभीएममा अटो फोल्ड फङसन भएको एलईडी टर्न इन्डिकेटर र १५ इन्च पांग्रामा ड्युअल टोन कलर स्किम रहेको सो सेडान विभिन्न ६ कलरमा उपलब्ध छ ।

आकर्षक इन्टेरियर
यसको इन्टेरियरमा कालो र खैरो रङको प्रयोग गरिएको छ भने टिटानियम रङको लेदर सिट कभर छ । आकर्षक रुफ, कप होल्डर, ह्यान्डल बार आदिका कारण यो लक्जरियस छ ।

आरामदायी बनावट
यसमा हाइट एड्जस्टेबल सिट छ । अगाडि र पछाडिको सिटमा प्रशस्तै स्पेस छ । अटोमेटेड क्लाइमेट कन्ट्रोल सिष्टमले क्याबिनको तापक्रम सधै नियन्त्रित राख्छ । यसमा २४ इन्टेलिजेन्ट स्पेस र ४१९ लिटरको बुट स्पेस छ ।

हर्मनको इनफोटेनमेन्ट सिष्टम
यसमा प्रयोग गरिएको हर्मनको इनफोटेनमेन्ट सिष्टममा ४ वटा स्पिकर र ४ वटा ट्विटर राखिएको छ, जसमा एन्ड्रोइड अटो प्रयोग गर्न सकिन्छ । यसमा हर्मन गोल्डन इयर प्रमाणित अटो विशेषज्ञद्वारा साउन्ड सिष्टम सम्बन्धी सम्पूर्ण कार्य गराइएको छ ।

सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठले अन्य भन्दा केही फरक सवारी साधन उपलब्ध गराउने कम्पनीको दृढता अनुरुप नयाँ टिगोर ल्याएको बताए ।