नयाँ किया शोल अटो एक्स्पोमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
February 8, 2020

किया मोटर्सले २०२० किया शोल भारतमा भइरहेको अटो एक्स्पोमा सार्वजनिक गरेको छ ।
कम्पनीले यसअघिको तुलनामा दोब्बरभन्दा बढी रेञ्ज प्रदान गर्नेगरि नयाँ शोल ल्याएको हो ।

नेपालमा बिक्री भएको किया शोलभन्दा नयाँ शोलले निकै धेरै ४५० किलोमिटर रेञ्ज प्रदान गर्नेछ । यसमा कम्पनीले ६४ किलोवाट आवरको व्याट्री प्रदान गरेको छ ।

निकै पावरफुल मोटरको साथ आएको नयाँ शोल इभीले २०४ पीएस पावर र ३९५ एनएम टर्क प्रदान गर्नेछ । यसमा रहेको व्याट्रीलाई १०० किलोवाटको डिसी फार्स्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न केवल ४२ मिनेट लाग्ने कम्पनीको दाबी छ । यो इलेक्ट्रीक गाडीको गति समेत निकै तिब्र रहेको छ । गाडीले ० देखि १०० किलोमिटरको रफ्तार केवल ७.६ सेकेन्डमा भेट्टाउने छ ।

निकै पृथक र फरक डिजाइनको कारण किया शोल विश्व बजारमा चर्चामा रहेको पाइन्छ । ४ मिटरभन्दा कम साइजमा उपलब्ध रहेको यसमा फुल एलइडी हेडल्याम्प र फग ल्याम्प, १७ इन्च अलोय ह्वील, एलइडी टेलल्याम्प दिइएको छ ।

यसमा रहेको स्टेरिङ डिजाइनमा भने कुनै परिमार्जन गरिएको छैन । यसमा साउन्ड मुड लाइटिङ सिस्टम, वायरलेस मोवाइल चार्जर, हेडअप डिस्प्ले, हर्मन काडो म्यूजिक सिस्टम उपलब्ध रहेको छ ।