नयाँ अमेरिकी मोटरसाइकल क्लिभल्यान्ड मिसफिट २५०
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
March 27, 2019

नेपालमा आजु मोर्टस प्रालिले क्लिभल्यान्ड साईकलर्विक्स ब्राण्डका मोटरसाइकलहरुको बिक्री वितरण शुरु गरेको छ । अमेरिकाको उत्पादन तथा चाइनाको एसेम्ब्लिङ रहेको यो कम्पनीका उत्पादनहरु अहिले विश्वका २४ वटा देशहरुमा विक्री वितरण भैरहेका छन् भने नेपालमा आजु मोर्टस्ले भर्खरै विक्री वितरण शुरु गरेको छ ।

मिसफिट क्लासिक वाईक हो । यसमा अपसाईड डाउन सक प्रयोग गरिएका कारण कच्ची तथा अप्ठ्यारो बाटोहरुमा पनि सहजै यात्रा गर्न सकिन्छ । यसमा सिंगल र डबल दुबै सिट राख्न मिल्छ ।

पछिल्ला दिनमा नेपाली बजारमा विश्वका धेरै देशमा उत्पादन भएका मोटरसाईकलहरु प्रबेश गरिरहेको समयमा अमेरिकन कम्पनी क्लिभल्यान्ड नेपाली बजारमा प्रबेश गरेको हो ।

 

Email: Info@eautonepal.com