दसैंको टिकाको दिन सेनाको नि:शुल्क बस
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005...)
October 16, 2018

विजया दशमीका दिन उपत्यकाभित्र सार्वजनिक सवारी साधन निकै कम संख्यामा मात्र चल्ने भएकाले  सर्वसाधारणको  सुविधाको लागी बिभिन्न ८ वटा रुटहरुमा बस सञ्चालन गर्न लागेको सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । विज्ञप्ति अनुसार बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १/१ वटा बस सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

 नि:शुल्क बस चल्ने रुट

रुट नं.१- भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं.२- भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

रुट नं.३  भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी ९अस्पताल०, ताहाचल, टेकु, थापाथली ।

रुट नं.४- भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

रुट नं.५- भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउा, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।

रुट नं.६- भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, सााखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

रुट नं.७- भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

रुट नं.८- भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

सेनाले दसैं बिदामा घर जाने सकलदर्जा तथा उनीहरुका परिवारका लागि पनि असोज २५ देखि निस्शुल्क बस सेवा सञ्चालन गरिरहेको छ । उक्त बसहरु काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ र त्रिशूली, चौतारा, हेटौंडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यकाभित्र आउने गरी व्यवस्था मिलाइएको छ । असोज २५ गतेबाट सुरु भएको बस सेवा ३१ गतेसम्म रहनेछ ।