ड्याट्सनद्वारा कार हस्तान्तरण
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005..)
March 17, 2020

नेपालमा ड्याट्सन तथा निशान कारको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लिले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो १.० एल कार हस्तान्तरण गरेको छ । पायोनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले २०७६ चैत्र १ गते ललितपुर च्यासल स्थित स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्रान्ड फिनालेमा ड्याट्सन रेडी गो १.० एल कारको साँचो हस्तान्तरण गरेका हुन् ।

उक्त कारमा ९९९ सि.सिको ३ सिलिण्डर युक्त प्रेट्रोल इन्जिन रहेको छ । जसले ६७ बि.एच.पिको पावर प्रदान गर्नुको साथै ९१ एन.एम.को टर्क पावर जेनेरेट गर्दछ । यो कारमा ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । यसमा ड्राइभर साइड एयरब्याग डिजिटल ट्याकोमिटर, पावर स्ट्रेडीङ, सेन्टर लकिंङ जस्ता फिचरहरु रहेका छन् । उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेएको थियो ।