टोयोटाको हाइब्रिड मोडलहरु सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
August 28, 2019

टोयोटाको आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाडा अटो शो २०१९मा दुईवटा हाइब्रिड मोडलहरु र्‍यभफोर र क्याम्री हाइब्रिड र र्‍यभफोर ग्यासोलिन सार्वजनिक गरेको छ ।

नेपालमा प्योर हाइब्रिड गाडी सार्वजनिक गर्ने टोयोटा पहिलो अटोमोबाइल कम्पनी भएको छ । दुईवटा पावर ट्रेन इन्टर्नल कम्बस्चन इन्जिन र इलेक्ट्रीक मोटरको सम्मिश्रण भएको हाइब्रिडले अधिकतमशक्ति दिनुका साथै न्युनतम फ्युलको प्रयोग गरी प्रदुषण समेत कम गर्नेछ ।