टोयोटाको डिलर बसन्त क्लासिक अटोमोवाइल धनगढीमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005...)
October 29, 2018

टोयोटाको आधिकारीक वितरक युनाईटेड ट्रेर्डस सिन्डिकेटले आफ्नो नयाँ शोरुम प्रदेश नम्बर ७ को धनगढीमा आज सोमबारबाट संचालनमा ल्याएको छ ।

टोयोटाको ५२ वर्ष देखिको नेपालको लागि एक मात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. (युटीएस) ले प्रदेश ७ धनगढीको बसन्त क्लासिक अटोमोबाइल्सलाई औपचारिक रुपमा टोयोटाको ३ एस सेवा दिने गरि बिक्रेता नियुक्त गरेको छ । चर्चित कम्पनि टोयोटाद्वारा उत्पादित गाडी अब धनगढीमा पनि सहज रुपमा उपलब्ध हुनेछ । प्रदेश ७ को धनगढीमा खोलिएको यस नयाँ ३एस सेवा टोयोटाको अन्तराष्ट्रिय गुणस्तरलाई ध्यानमा राखी संचालनमा ल्याइएको हो । धनगढीका ग्राहकहरुको अत्याधिक मागलाई महसुस गरि बसन्त क्लासिक अटोमोबाइल्सले टोयोटालाई धनगढीमा ल्याउने उद्देश्य बोकी अघि बढेको थियो र यस अघि बसन्त क्लासिक अटोमोबाइल्सले सोही सम्बन्धी व्यापार गर्दै आईरहेको थियो । बजारको आवश्यकता र क्षमतालाई मध्यनजर गर्दै बसन्त क्लासिक अटोमोबाइल्सले टोयोटा परिवारमा समाबेश हुने निर्णय गरी यस नयाँ शोरुम खोलेको हो ।

यही कार्तिक १२ गते सम्पन्न भएको यस नयाँ शोरुमको भब्य उद्घाटनमा युटीएसका बरिष्ट निर्देशक श्री कैलाश भक्त राजभण्डारी ज्यु एवं बसन्तक्लासिकका श्री भुवन भट्ट, श्री बसन्त भट्ट, र श्री देवीदत्त भट्टद्वारा रिबन काट्ने र पानसमा बत्ति बालेर शोरुमको औपचारिक उद्घाटन गरिएको थियो । १५० भन्दा बढी ग्राहकहरुको सहभागिता रहेको यस उद्घाटन कार्यक्रममा कैलाश राजभण्डारीद्वारा स्वागत मन्तब्य गरिएको थियो र शोरुमको बारेमा बोल्दै ग्राहकलाई चाबी सुम्पिनुभयो ।

बसन्त क्लासिक अटोमोबाइल्सले प्रदेश ७ मा अन्य प्रदेशका बिक्रेताहरुले झैँ गुणस्तर एवं सहज ढंगमा सेवा दिनेमा युटीएस बिस्वस्त रहेको छ । ग्राहकलाई कुनै पनि कठिनाई नहोस भन्ने सोच बोकी यस शोरुमले विभिन्न योजना तयार गरेको र उत्कृष्ट सेवा दिने यस शोरुमका संचालकले जनाएका छन ।
जापानीमा “काइजेन “अर्थात् “सदैव सुधार गर्न तत्पर“ लाई ध्यानमा राखी यस नयाँ शोरुमले आउने दिनहरुमा राम्रो सुबिधा दिने र सबैलाइ राम्रो हुने गरि सेवा प्रदान गर्नेमा युटीएस ढुक्क छ ।