टिभीएस वीरगञ्ज म्याराथुन–२०७६ सम्पन्न
Auto Nepal
February 29, 2020

नेपालका लागि टिभीएस बाइकको आधिकारिक विक्रेता जगदम्बा मोटर्सको मुख्य प्रायोजनमा ‘टिभीएस वीरगञ्ज म्याराथुन–२०७६’ शनिबार सम्पन्न भएको छ ।

वीरगञ्ज घण्टाघरबाट प्रारम्भ भएको उक्त म्याराथुन विभिन्न स्थान पार गर्दै सेनाको ब्यारेकमा पुगेर समापन भएको छ ।
काठमाडौं बाहिर भएको हालसम्मकै सबैभन्दा ठूलो दाबी गरिएको सो म्याराथुन इभेन्टमा ५ हजार भन्दा बढी सहभागी हुने र विभिन्न फरक–फरक क्षमताका धावकहरु सहभागी भएको बताइएको छ ।

यस म्याराथुनमा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकका लागि १ किलोमिटर, अपांगहरुका लागि १ किलोमिटरको ह्वील चियर दौड, स्कुल विद्यार्थीहरुका लागि ५ किलोमिटर, सामान्य नागरिकका लागि १० किलोमिटर र हाफ म्याराथुनमा सहभागी हुन चाहनेका लागि २१ किलोमिटर तथा फुल म्याराथुनमा सहभागी हुन चाहनेका लागि ४२.१९५ किलोमिटर दौडको व्यवस्था गरिएको छ ।

प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउत र प्रधान सेनापति पूर्णचन्द्र थापाबाट उद्घाटन गरिने सो म्याराथुनमा पहिलो हुने विजेतालाई एक लाख २५ हजार नगद र टिभीएस स्कुटर प्रदान भएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए ।

Photo: NK SHARAD.