टिभीएसको ह्विली बिट्स कन्सर्ट लहानमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
September 23, 2019

 

असोज ६, २०७६

 

आज असोज ६ गते टिभीएसको ह्विली बिट्स कन्सर्ट लहान चोकमा  सम्पन्न भएको छ ।

नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले नेपालिहरुको महानपर्ब बडा दशैँ तथा दीपावली को पावन अवसरमा ग्राहक हरुलाइ लक्षित गरि “ टि भी एस दशैको दौड” भन्ने स्किम लागु गरेको सबैलाई अवगत नै छ |

यहि उपलक्ष्यमा जगदम्बा मोटर्स प्रालिले नेपालको मुख्य मुख्य सहरमा TVS wheelie beats नामको कार्यक्रम गर्न लागेको छ | त्यस कार्यक्रममा रास्ट्रिय बाइक राइडरको स्टन्ट शो प्रस्तुत हुनेछ भने बिभिन्न गीतहरुमा नित्य साथै रास्ट्रिय तथा स्थानीय कलाकारको कमेडी पनि प्रस्तुत भएको छ |

जुन कार्यक्रमबाट हालै नेपालि बजारमा भित्रिएका दुइ नया बाइक आर टि आर १६० २ भी र रेडीएन ११० को लन्च पनि हुनेछ |

यस कार्यक्रम लहान चोकमा टिभीएसको ह्विली बिट्स कन्सर्ट भएको छ, साथै टिभीएसको कन्सर्ट, नित्य, गायन र अन्य मनोरन्जनात्मक कार्यक्रम भएको छ , यस कार्यक्रम हेर्नको लागि कुनैं शुल्क लाग्ने छैन  साथमा लोकप्रिय रास्ट्रिय कलाकारका साथै स्थानिय कलाकारको पनि सहभागी हुने  जगदम्बा मोटर्सको मार्केटिंग म्यान्जेर नबराज कोइरालाले बताउनुभयो |