टाटा मोटर्स स्प्रिङ बोनान्जामा विभिन्न छुटहरु
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005....)
March 12, 2020

(१२ मार्च, २०२०)

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले स्प्रिङ बोनान्जा कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम आगामी फागुन ३० देखि चैत २ गते सम्म थापाथलीस्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न लागेको हो ।

ग्राहकले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाइभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, जेन्युइन एसेसरिज, एक वर्षको सवारी कर, गाडीको डेलिभरीमा मोबाइल फोन, प्रत्येक गाडीको मुल्याङ्कनमा कार परफ्युम, डोर प्राइज र प्रत्येक टेस्ट ड्राइभमा एक जोडीलाई मुभि टिकेट तथा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेको सिप्रदी ट्रेडिङले जनाएको छ ।