टाटा मोटर्सको कार्निभल मेला
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005..)
March 13, 2020

टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता सिप्रदी टेडिङ्गले हरेक वर्ष गर्दै आएको कार मेला अन्तर्गत “टाटा मोर्टर्स कार्निभल“ बिराटनगरस्थित टाटा शोरुममा आफ्नो बिक्रेता गोयल अटो प्रा.लि.को सहकार्यमा यही फाल्गुन २९ र ३० गते शुभारम्भ गरेको छ ।

यस बर्षको “टाटा मोर्टर्स कार्निभल” कार मेला बिहान १० बजे देखि साँझ ६ बजेसम्म बिराटनगरस्थित टाटा शोरुममा हुँदैछ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन—बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिदका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडीसँग साट्न सक्नेछन् । यस मेलामा on the spot Financing का साथै पुरानो गाडीको उत्कृष्ट मुल्याकंन र Exchange Bonus Upto 1 Lakh जस्ता फाईदा ग्राहकहरुले पाउने आयोजकले जनाएको छ ।