टाटा नेक्सन फेरी पनि सबैभन्दा सुरक्षित कार
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
November 13, 2019

ग्लोबल एनक्याप गाडीको सुरक्षा परिक्षण गर्ने अन्तराष्ट्रिय संगठन हो । यसले विगत ५ वर्ष देखी भारतमा उत्पादन तथा बिक्री हुने गाडीको पनि सुरक्षा परिक्षण गर्दै आएको छ । सुरक्षाका दृष्टीकोणले टाटा नेक्सनले यस वर्ष पनि सबैलाई उछिनेर पाँच स्टार पाएको छ । इन्डिया तथा अन्य देशमा बिक्रीको हिसावले यो गाडी अगाडी छैन । तर सुरक्षाको दृष्टीकोणले यो गाडी सबै भन्दा बलियो भने देखिएको छ ।

ग्लोबल एनक्यापले गाडीको बलियोपनको परिक्षण गर्दा गाडीलाई कुनै बलियो स्ट्यान्डमा ठोकाउछ । गाडी त्यसरी ठोकिदा गाडीको अवस्था कस्तो हुन्छ त्यसको आधारमा उसले त्यो गाडीलाई कतिवटा स्टार दिने भनेर निर्धारण गरिन्छ । यसरी टेष्ट गर्दा टाटा नेक्सन सबै भन्दा बलियो गाडी प्रमाणीत भएको छ नकी इन्डियामा उत्पादन भएको टोयोटाको गाडीले पनि चार वटा स्टार मात्रै पाएको छ । फोर स्टार पाउनेमा मारुतीको ब्रेजा, महिन्द्रा मराजो, टोयोटा इटियोस, फक्सवागन पोलो , होन्डा अमेज र टाटा जेष्ट रहेका छन् ।

पाँच तारा रेटिङ २०१८ डिसेम्बर यता उत्पादन भएका नेक्सन कारले पाएका हुन् ।