टाटाको ठूला सवारी साधनको एक्स्पो नैकापमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005..)
March 22, 2019

टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले चैत ८ र ९ गते कन्ट्रक्शन एक्स्पो आयोजना गरेको छ ।

दुई दिनसम्म चल्ने उक्त एक्स्पोमा टाटाको ठूला सवारी साधनको प्रदर्शन गर्ने कम्पनीले जनाएको छ ।

एक्स्पोमा टाटाको भ्यान, ट्यांकर, ट्रक, ट्रिपरलगायतका हेभी इक्युपमेन्टको प्रदर्शन गरिने भएको कम्पनीले जानकारी दिएको हो । कम्पनीले नैकापमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उक्त प्रदर्शनी आयोजना गर्ने जनाएको छ ।

‘विकास र निर्माणमा प्रयोग हुने कन्स्ट्रक्सन भेहिकललाई एकै स्थानमा प्रदर्शनी गर्दै ग्राहकलाई उत्कृष्ट सेवा दिन एक्स्पो आयोजना गर्न लागिएको हो’ सिप्रदी ट्रेडिङका कर्मशियल भेहिकल यूनिटका जनरल मेनेजर अनुपमणी ढकालले जनाए ।

कम्पनीले उक्त एक्स्पोमा नयाँ टाटा टिपर २५ः२३ को नयाँ मोडलसमेत सार्वजनिक गर्ने ढकालले जानकारी दिए । यसका साथै एक्स्पोमा बिभिन्न रेन्जका ८ मोडलका टिपर, सिमेन्ट बल्कर र ट्रान्जीट मिक्सचरहरु शोकेस गरिने छ । पछिल्ला दिनमा नेपाली बजारमा हेभी इक्युपमेन्टको प्रयोग बढ्दै गएको र पूर्वाधार विकासले केही गति लिएकाले बिभिन्न कम्पनीहरुले यसरी एक्स्पोहरु आयोजना गर्न थालेका छन् ।

कम्पनीले मेलामा कर्मशियल गाडी खरिद गर्नेलाई नगद छुटदेखि विदेश भ्रमणको समेत स्कीम उपलब्ध गराउन लागेको ढकालले जानकारी दिए ।