जिप ब्रान्डकै कारण मैले जिप कम्पास किने
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
November 18, 2019

 

 

अनमोल केसी, नायक

 

‘ए मेरो हजुर ३’ को सुटिङको बेलादेखि नै अनमोललाई जिप कम्पास मन परेको थियो । यो चलचित्रमा कम्पासको सिन राखिएको थियो ।
‘खासमा जिप ब्रान्डकै कारण मैले जिप कम्पासलाई आफ्नो यात्राको साथीका रुपमा रोजेको हुँ । यो एसयुभी नेपाली सडकको अवस्थामा ‘फिट’ छ । म जिप कम्पासको कठोरता, क्षमता र ‘म्यान्ली अपियरेन्स’बाट निकै प्रभावित छु,’ गाडीको डेलिभरी लिँदै अनमोल केसीले भने, ‘सुटिङको लागि म धेरैजसो काठमाडौं उपत्यकाबाहिर यात्रा गरिरहेको हुन्छु । ‘अब आफ्नै जिप कम्पास चढ्ने मेरो इच्छा पूरा भएको छ,’ उनले भने ।