जिक्सर स्ट्रिट स्टन्ट मेनिया सम्पन्न
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
October 22, 2019

सुजुकी बाइकको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले गत शनिबार राजधानीको भ्याली टप ड्राइभिङ सेन्टरमा जिक्सर स्ट्रिट स्टन्ट मेनिया सम्पन्न गरेको छ ।

सो अवसरमा डा. हायु र राम सरदारले अत्यन्त रोचक र रोमान्चक तरिकाले बाइक स्टन्ट गरेका थिए ।
स्टन्ट मेनियालाई अझै रोचक बनाउनका लागि अल्मोडा राना उप्रेतीले लाइभ पर्फमेन्स गरेका थिए । सो अवसरमा बाइक एक्सचेन्जका साथै टेस्ट राइड बुकिङ गर्न सकिने सुविधा समेत थियो ।

बाइकलाई विभिन्न शैलीमा घुमाउदै र आकर्षक तरिकाले नचाउदै उनीहरुले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।स्टन्ट मेनियामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।

सुजुकीले हालै लन्च गरेको जिक्सर २५० र १५० सिरिजका बाइकमा सो स्टन्ट गरिएको थियो । यी बाइक सेफ्टी, ब्यालेन्स र पर्फमेन्सयुक्त छन् भन्ने देखाउनका लागि यस प्रकारको कार्यक्रम आयोजना गरिएको भीजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर समित सिंहले बताए ।