जापानले जित्यो एशियाडको साईकल रेसतर्फको स्वर्ण पदक
PRAYASH SHRESTHA
August 30, 2018

भाद्र १४, काठमाडौं । एसियन गेम्स (एसियाड)मा जापानले साईकल रेसतर्फको स्वर्ण पदक जितेको छ। इन्डोनेसियामा भइरहेको १८औ एसियाड अन्तर्गत साईकिलिङ्गतर्फ बुधबार जकार्ता अन्तर्राष्ट्रिय वेड्रोमोकको जकार्तामा महिला ओल्न्नियम ट्रयाक कार्यक्रममा जापानी साईकलिस्ट युमी काजहिराले प्रथम हुँदै जापानलाई स्वर्ण पदक दिलाएकी हुन् ।

खण्ड, टेम्पो, उन्मूलन र बिन्दु गरी चार विषयहरूमा छुट्याईएको रेसमा काजहाराले सबैलाई उछिन्दै १३८ अंक बटुल्दै प्रथम भएकी हुन् ।
त्यस्तै उक्त साईकल रेसमा दोस्रो हुँदै चीनका टाईपी साईकलिस्ट टिंग यिंग हुंगले रजत पदक जितेकी छिन् । उनले सबै रेसबाट जम्म १२६ अंक जोड्न सफल भएकी थिईन् ।

रेसको कांस्य पदक भने कोरियाले लिन सफल भएको छ । कोरियाबाट रेसमा भाग लिएकी युरी किम (केआर)ले १२१ अंक बटुल्दै देशलाई कांस्य पदक दिलाईन् ।
आयोजक इन्डोनेशियाले भने रेसको छैटौं स्थानमैै चित्त बुझाउनु परेको छ ।
इन्डोनेशियबाट साईकिलिस्ट अयस्टिना डेलिआ प्रेनानाले रेसमा भाग लिएकी थिईन् भने उनले रेसमा जम्मा १०६ अंक मात्र जोड्न सफल भईन् ।