चारैतिर सेन्सर भएको नयाँ टिगुवान
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since - 2005......)
August 30, 2019

मध्यम र उच्चवर्गीय उपभोक्ता लक्षित फक्सवागनका कारलाई नेपाली बजारमा पूजा इन्टरनेसनल नेपालले अधिकृत रूपमा आयात गरी बिक्री–वितरण गरिरहेको छ । फक्सवागनका प्रिमियम कार नेपाली बजारमा लोकप्रिय छन् । अटो सोमा पूजा इन्टरनेसनलले उच्च वर्गीय उपभोक्ता लक्षित टिगुवानको नयाँ संस्करण सार्वजनिक गरेको छ । यो कार पुरानो भर्सनभन्दा अपग्रेड भएर आएको छ ।
दुई हजार सिसीको टिएसआई इन्जिनयुक्त कारले १ सय ७७ पिएस पावर र टर्क ३ सय २० एनएम प्रदान गर्छ । दुईवटा भेरिएन्टमा उपलब्ध कारको मूल्य १ करोड १५ लाख र १ करोड ४८ लाख रुपैयाँ निर्धारण गरिएको छ । कारमा पार्क एसिस्ट सिस्टम छ । यसका कारण एस्लिरेसन र ब्रेकिङका माध्यमबाट गाडीको तीव्र गतिलाई सजिलै नियन्त्रण गर्न सकिन्छ । पार्किङ गर्ने वेला पनि दायाँ–बायाँ र पछाडिका अन्य सवारीसाधन तथा अन्य वस्तुबीच निश्चित दूरी कायम गरेर राख्न मद्दत गर्छ ।

ककपिट जस्तैं क्याबिन
हवाईजहाजमा पाइलट बस्ने ककपिटको जस्तंै क्याबिन पाउन सकिन्छ । किनभने, यसको डिस्प्ले र स्पिडोमिटर भएको ठाउँमा ककपिटको डिजाइन दिइएको छ । स्टेरिङमा एसी, म्युजिक, फोन, हर्नलगायत कन्ट्रोल गर्ने सुविधाहरु राखिएको छ । आठवटा स्पिकर राखिएको छ । यहाँ क्रुज कन्ट्रोल, कुलिङ बक्स, लेदरको गियर सिफ्ट ह्यान्डल, लेदरले ढाकिएको स्टेरिङ, स्वचालित प्रणालीबाट अगाडिको दुवै सिट एड्जस्ट गर्न मिल्ने लगायतका सुविधाहरु राखिएका छन् ।

७ सिटको क्षमता
हाल बजारमा ५ सिटे टिगुवान उपलब्ध छ । अटो सोमा सार्वजनिक ‘टिगुवान अल स्पेस’ सात सिट क्षमताको छ । सबै सिट लेदरका छन् । अगाडिको सिटमा लेदरकै आर्म रेस्ट छ भने पछाडिका सिटको दायाँ–बायाँ भागमा प्रिमियम आर्म रेस्ट राखिएको छ । अगाडिको सिटको पछाडि भागमा फोल्डिङ टेबल छ, जसलाई बीचको सिटमा बस्ने मानिसले उपयोग गर्न सक्छन् ।

बढी लामो
नयाँ टिगुवानको लम्बाइ बढेको छ । यसको लम्बाइ ४ हजार ७ सय १ एमएम छ । लामो भएका कारण कारको भित्री भागमा पर्याप्त खुला स्थान पाउन सकिन्छ । तीनवटै लहरमा राखिएको सिटको बीचभागमा खुट्टा राख्नका लागि पर्याप्त स्थान पाउन सकिन्छ ।

चारैतिर सेन्सर
कारको अगाडि र पछाडिको दायाँ–बायाँ छेउमा चारवटा सेन्सर क्यामेरा राखिएको छ । यो ३७० डिग्री क्यामेरा हो । यसले कारको चारै दिशामा रहेका वस्तुका बारेमा ड्यासबोर्डमा रहेको डिस्प्लेमा देखाउँछ । त्यसैगरी, त्यही क्यामेरासँगै राखिएको सेन्सरले कारको नजिक कुनै वस्तु आयो भने चालकलाई एलर्ट गराउँछ ।

चार मोड
कारलाई हिउँ भएको क्षेत्र, हिमाल, पहाड र तराईमा दौडाउन अलग–अलग मोड दिइएको छ । जुन ठाउँमा पुगेको छ, त्यही ठाउँलाई उपयुक्त हुने मोडमा राखेर ड्राइभिङ गर्दा कम इन्धन खपत गरी बढी दौडिन्छ भने आनन्ददायी यात्रा महसुस गर्न सकिन्छ । यो फोरह्विल ड्राइभ कार हो ।

अलग तापक्रम
कारभित्र रहेका प्रत्येक सदस्यलाई अलग–अलग तापक्रम चाहिन सक्छ । यसै कुरालाई मध्यनजर गर्दै उत्पादक कम्पनीले सिटपिच्छे फरक तापक्रम पाउन सक्ने सुविधा राखेको छ । यो फिचरका कारण सातवटा सिटमा सात फरक तापक्रम राखेर यात्रा गर्न सकिन्छ ।

सेन्सर बुटस्पेस
बुटस्पेसको ढोका खोल्न ड्राइभरले बटन थिच्नुपर्दैन । बाहिर रहेको मानिसले कारको पछाडिको भागको तलपट्टि खुट्टा वा हात राखिदिने हो भने सेन्सरले काम गर्छ र पछाडिको ढोका उघ्रिन्छ । यो फिचरका कारण ड्राइभर कार बाहिर रहेका वेला ढोका खोल्न क्याबिनसम्म पुगेर बटन थिच्ने झन्झट गर्नुपर्दैन । बुटस्पेसको ढोकामा रहेको स्विच थिचेपछि आफैं बन्द हुन्छ ।

ककपिट जस्तैं क्याबिन
हवाईजहाजमा पाइलट बस्ने ककपिटको जस्तंै क्याबिन पाउन सकिन्छ । किनभने, यसको डिस्प्ले र स्पिडोमिटर भएको ठाउँमा ककपिटको डिजाइन दिइएको छ । स्टेरिङमा एसी, म्युजिक, फोन, हर्नलगायत कन्ट्रोल गर्ने सुविधाहरु राखिएको छ । आठवटा स्पिकर राखिएको छ । यहाँ क्रुज कन्ट्रोल, कुलिङ बक्स, लेदरको गियर सिफ्ट ह्यान्डल, लेदरले ढाकिएको स्टेरिङ, स्वचालित प्रणालीबाट अगाडिको दुवै सिट एड्जस्ट गर्न मिल्ने लगायतका सुविधाहरु राखिएका छन् ।

७ सिटको क्षमता
हाल बजारमा ५ सिटे टिगुवान उपलब्ध छ । अटो सोमा सार्वजनिक ‘टिगुवान अल स्पेस’ सात सिट क्षमताको छ । सबै सिट लेदरका छन् । अगाडिको सिटमा लेदरकै आर्म रेस्ट छ भने पछाडिका सिटको दायाँ–बायाँ भागमा प्रिमियम आर्म रेस्ट राखिएको छ । अगाडिको सिटको पछाडि भागमा फोल्डिङ टेबल छ, जसलाई बीचको सिटमा बस्ने मानिसले उपयोग गर्न सक्छन् ।

बढी लामो
नयाँ टिगुवानको लम्बाइ बढेको छ । यसको लम्बाइ ४ हजार ७ सय १ एमएम छ । लामो भएका कारण कारको भित्री भागमा पर्याप्त खुला स्थान पाउन सकिन्छ । तीनवटै लहरमा राखिएको सिटको बीचभागमा खुट्टा राख्नका लागि पर्याप्त स्थान पाउन सकिन्छ ।

चारैतिर सेन्सर
कारको अगाडि र पछाडिको दायाँ–बायाँ छेउमा चारवटा सेन्सर क्यामेरा राखिएको छ । यो ३७० डिग्री क्यामेरा हो । यसले कारको चारै दिशामा रहेका वस्तुका बारेमा ड्यासबोर्डमा रहेको डिस्प्लेमा देखाउँछ । त्यसैगरी, त्यही क्यामेरासँगै राखिएको सेन्सरले कारको नजिक कुनै वस्तु आयो भने चालकलाई एलर्ट गराउँछ ।

यस्ता विभिन्न अत्याधुनिक सुविधाहरु भएको नयाँ टिगुवानको मूल्य १ करोड १५ लाख, १ करोड ४८ लाख रहेको छ ।