ग्रेटवाल ‘आर-१’ सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
February 8, 2020

अटो एक्स्पो २०२० मा सार्वजनिक गरेको ग्रेटवाल ‘आर-१’ मा अवलोकनकर्ताको भिड लागेको छ ।

चीनमा करिब ९ लाख नेपाली रुपैयाँ बराबरमा किन्न सकिने यो कार नेपाल आउँदा करिब १५ लाख हाराहारीमा बिक्री गर्न सकिने देखिन्छ । यसमा ३३ किलोवाटको लिथियम आयोन ब्याट्री र ३३ किलोवाटकै इलेक्ट्रीक मोटर जडान गरिएको छ । प्रतिघण्टा १०० किलोमिटरको रफ्तारमा दौडने यो कार फुलचार्जमा ३५१ किलोमिटरको दुरी तय गर्ने क्षमता राख्छ ।

ओरा आर-१ मा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।
यो गाडी नेपाल आउन लागेको छ ।