गाडीमा अभिनेत्री आमाछोरीको पोज
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005)
July 14, 2019

अभिनेत्री सुहाना थापा युरोप पुगेर बोल्ड तस्वीर खिचाइन् । उनको तस्वीर लक्जरी लिमोसिन कारभित्र र बाहिर खिचिएको थियो । हल्का हरियो गाउनमा सजिएकी सुहानाको यो तस्वीर भाइरल भयो । नेपालका अधिकांश मिडियाले कभरेज गरे ।
नेपालको अटो बजारमा यस्तो कार उपलब्ध छै्रनन् । नेपाली सडकमै लिमोसिन कार कुदेको छैन । प्राय अति विशिष्ठहरुले प्रयोग गर्ने यो कारमा फोटोसुट गराएकाले पनि सुहानाको चर्चा भएको हो ।
सुहाना थापा एउटै चलचित्रबाट चर्चामा आउने अभिनेत्री हुन् । उनले अभिनय गरेको चलचित्र ए मेरो हजुर–३ केही समयअघि प्रदर्शन भएको थियो । चलचित्र व्यवसायिक हिसाबले सफल मानियो । चलचित्र प्रदर्शनपछि नै सुहाना युरोप पुगिन् । सुहानासँगै झरना थापा र सुनिलकुमार थापा पनि युरोप पुगे । सुहानाका आमा हुन् झरना र बुवा हुन् सुनिलकुमार । झरना थापा कुनैबेलाकी अभिनेत्री हुन् । अहिले उनी निर्देशक भइसकेकी छिन् । ए मेरो हजुर–३ उनले नै निर्देशन गरेकी हुन् र त्यसमा छोरीलाई डेब्यु गराएकी हुन् । उनका पति सुनिलकुमार थापा निर्माता हुन् ।
सुहानाको तस्वीरको कुरा गरौ । सुहानाको तस्वीरहरु हेर्दा उनी गाडीका सौखिन जस्तो लाग्छ । उनले धेरैजसो तस्वीर गाडीलाई पृष्टभूमीमा राखेर कैद गरेकी छिन् । त्यसो त सुहाना मात्र होइन, उनकी आमा झरना थापा पनि गाडीको सौखिन जस्तो देखिन्छन् । उनले पनि धेरैजसो तस्वीर गाडीमा खिचेकी छिन् ।