किया सेल्टोस सार्वजनिक
Auto Nepal - Nepal's No. 1 Auto Magazine, (Since - 2005)
December 19, 2019

किया मोटर्सको नेपालका लागि आधिकारिक बितरक कन्टिनेन्टल ट्रेडिङले सेल्टोस सार्वजनिक भएको छ । कम्पनीले विभिन्न ५ भेरिएन्टमा सो एसयूभी नेपाली बजारमा उपलब्ध गराउनेछ ।

भारतमा निकै नै चर्चा पाइरहेको कियाको नयाँ एसयूभी सेल्टोस नेपाली बजारमा कम्पनीले २ पेट्रोल र ३ डिजेल भेरिएन्टको सेल्टोस नेपालमा बिक्री गर्ने भएको छ । जसमा एचटीके र एचटीके प्लस भेरिएन्ट पेट्रोलमा छ भने डिजेलमा एचटीके प्लस, एचटीके प्लस अटोमेटिक र एचटीएक्स प्लस भेरिएन्ट ल्याउने भएको छ ।

सेल्टोस पेट्रोलमा दुई अप्सन १.५ लिटर टेक लाइन र १.४ लिटर टर्वाेचार्ज्ड पेट्रोल इन्जिन तथा डिजेलमा १.५ लिटर टर्बाेचार्ज्ड अप्सनमा सार्वजनिक गरिएको छ ।

यसमा भएको १.४ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले १३८ एचपी पावर र २४२ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी १.५ लिटर पेट्रोल इन्जिनले ११३ एचपी पावर र १४४ एनएम टर्क जेनेरेट गर्छ । १.५ लिटर डिजेल इन्जिनले ११३ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ ।

कियाले २०१८ अटो एक्सपोमा प्रदर्शन गरेको एसपी कन्सेप्टमा सो एसयूभी आधारित छ ।

सो एसयूभीलाई नर्मल, इको र स्पोर्ट गरी तीन विभिन्न मोडमा चलाउन सकिन्छ । सेगमेन्टमै पहिलो पटक यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम उपलब्ध छ, जसमा नेभिगेसन समेत रहेको छ । यसमा ८ स्पिकर साउन्ड सिष्टम र एयर प्युरिफायर समेत छ ।

किया सेल्टोसको इग्निसन, एसी कन्ट्रोल्स र अन्य फिचर चलाउनका लागि मोबाइल फोनको प्रयोग गर्न सकिन्छ । त्यसैले यो एमजी हेक्टर र हुन्डाई भेन्यु जस्तै कनेक्टेड कार बनेको छ । यसरी कनेक्ट गर्नका लागि कियाले यूभीओ कनेक्ट प्रविधिको प्रयोग गरेको बताएको छ ।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस, ईएससी, एचएसी, भीएसएम छन् भने यो एड्भान्स्ड हाई स्ट्रेन्थ स्टिलले बनेको छ । त्यसैगरी यसमा फ्रन्ट र रियर पार्किङ सेन्सर र ब्लाइन्ड भ्यु मिरर छ ।