कार जस्तै साइकल, अब साइकल चढ्नु कि कार ! (भिडियो सहित )
Auto Nepal
November 19, 2018

टेक्नोलोजीको दुनियाँमा हरेक दिन नयाँ नयाँ आविस्कारहरु भइरहेका छन् । अटो सेक्टरमा डिजाइनरहरु नयाँ नयाँ डिजाइनको अध्ययन अनुसन्धानमा लागिरहेका छन् । यसै क्रममा माइकल सेलम्यानले सन् २०१६ मा विन्टरको समयमा हिउँमा राइडिङ गर्ने साइकल निर्माण गर्ने क्रममा हेर्दा सानो कार जस्तै देखिने पोडराइड नामक साइकिल निर्माण गरेका थिए । पोडराईड चार चक्का भएको इलेक्ट्रीक असिस्ट साईकल हो । जसलाई फेब्रिकको सेलले कभर गरिएको छ ।

आविस्कारक सेलम्यानले यसलाई केबल स्नोमा राइड गर्ने उद्देश्यका साथ निर्माण गरेतापनि यो यो साइकल कच्ची बाटो, उकालो आरालो, आईस जमेको ठाँउ, गोरेटो र कठोर पहाडका थुम्कामा समेत सहजै चलाउन सकिन्छ । साइकलले चालकलाई सबै किसिमको वातावरणिय जोखिमबाट पनि जोगाउँछ । यसमा जडान गरिएको २५० वाटको इलेक्ट्रीक मोटरले २५ किलोमिटर प्रति घण्टाको स्पीडले साइकललाई चलाउँछ, ब्याट्रीले एकपटकको चार्जमा ६० किलोमिटरसम्मको गती प्रदान गर्न सक्ने जनाइएको छ, त्यो भन्दा बढि स्पीड र रेन्ज चाहिएमा खुट्टाले पेडल चलाउनु पर्छ ।

यसलाई साइकलको नाम दिइएतापनि यो मोटर बाइक र साइकलको कम्बिनेसनबाट बनेको कार जस्तो देखिन्छ । यसको अगाडि गाडीमा जस्तै दुईवटा लिड हेडलाईट र साईड लाईट दिइएको छ भने, पछाडि ब्रेक लाईट पनि राखिएको छ ।
माईकलले यो बाइक बनाउन धेरै वर्षसम्म बाइसाईकलको पार्टसहरु जम्मा गरेका थिए । उनले धेरैवटा प्रोटोटाइप बनाएर परिक्षण गरेका थिए । धेरै समयसम्मको अध्ययन अनुसन्धानपश्चात यो साईकल पूर्णत तयार भएको हो । यसमा एकजना आरामसँग बसेर चलाउने सिट पनि राखिएको छ ।

भिडियोका लागि तल थिच्नुहोस्  !

https://www.youtube.com/watch?v=KUSCttAn5j4