कम्तीमा एक हप्ता कारोबार बन्द गर्नु
March 21, 2020

कृष्णप्रसाद दुलाल
अध्यक्ष, नाडा

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले कम्तीमा एक हप्ता सम्म कारोबार बन्द गर्नुपर्ने बताएका छन् ।

‘अहिलेको अवस्थामा कमसेकम एक हप्ता सबै व्यवसाय बन्द गरी आफ्नो घरमा बस्दा रोगको अवस्था पनि थाहा हुन्छ र फैलिन पनि पाउदैन । त्यसैले केही समय व्यवसाय नै बन्द गरौ भन्ने हाम्रो आग्रह हो ।’ दुलालले भने । उनले यसका लागि सरकारले सबैलाई आह्वान गर्नुपर्ने बताए ।
कोरोना भाइरसको महामारीका कारण हरेक व्यावसायिक क्षेत्र धराशायी हुन लागेको अवस्थामा मानिसको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएकाले यसतर्फ लाग्नुपर्ने नाडाका अध्यक्ष दुलालको तर्क छ ।

Email: info@eautonepal.com