एमभी अगस्टाका बाइक नेपालमा
Auto Nepal - Nepal's No. 1 Auto Magazine (Since 2005...)
December 3, 2018

विश्वमै महंगो ब्रान्डको रुपमा परिचित एमभी अगस्टाका बाइक नेपालमा भित्रिएका छन् ।

सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेको एमभी अगस्टा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित छ । सन् १९४५ मा पहिलो पटक ब्रान्डेड मोटरसाइकल उत्पादन गरेको उक्त कम्पनीले हालसम्म मोटरसाइकल रेसिङमा उपलब्धि हासिल गरिसकेको छ ।

कम्पनीले काठमाडौंको पानीपोखरीमा सञ्चालनमा ल्याएको सोरुमबाट ग्राहकलाई सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको सेवा उपलब्ध गराउने भएको छ । नेपाली बजारमा ५७ लाख ९० हजार सम्मका एमभी अगस्टाका बाइक उपलब्ध छन् । हालै नेपाली बजारका लागि आधिकारिक वितरक बनेको भेलोसिटी प्रालिले एमभी अगस्टाका बाइक उपलब्ध गराएको हो ।